सप्तरी/श्रावण २३ गते । सप्तरीमा सडेगलेको अबस्थामा एक महिलाको श व फेला परेको छ।
जिल्लाको अग्नीसाईर कृष्णासवरन गाउँपालिका –६ मा एक
सोही गाउँपालिका –५ धिमार टोलकी २२ बर्षिय कविता सदाको शव मंगलबार फेला परेको हो ।
महिलाको शव पुर्वपश्चिम राजमार्ग देखि ७ सय मिटर दक्षिणतर्फ राई खोलाको किनारमा भेटिएको प्रहरीले जनाएको छ ।
मानसिक रोगी रहेकी सदा ४ दिनदेखि हराइरहेकी थिईन।
उनको शव सडेगलेको अबस्थामा फेला परेको स्थानीयले बताएका छन् । सदाको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाईएको प्रहरीले जनाएको छ । सदा गत शनिबारदेखि घरबाट बेपत्ता भएकी थिईन । यश सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।















Discussion about this post