श्रावण २३ गते । सप्तरीमा ९ किलो ६७० ग्राम चाँदीसहित एक जनालाई प क्राउ गरेको छ।
राजबिराज नगरपालिका-१५ देउरीभरुवाबाट ९ किलो ६७० ग्राम चाँदीसहित पाँचथर मिक्लाजुङ गाउँपालिका-४का ३०बर्षीय सरोज गहतराजलाई सोमबार प्रहरीले प क्राउ गरेको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १-०१-१३ प ३४३० नं.को मोटरसाइकलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा गहतराजले बोकेको झोलाबाट चाँदी जस्तो देखिने धातु ९ किलो ६७० ग्राम फेला पारेको जनाइएको छ ।
मोटरसाईकलसहित उनलाई नियन्त्रणमा लिई कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय ईटहरी सुनसरीमा पठाइएको जनाइएको छ ।















Discussion about this post