श्रावण २३ गते। भारी वर्षासँगै बागमती नदीमा भीषण बाढी आउँदा रौतहट र सर्लाहीमा जोखिम बढेको छ।
जल तथा मौसम विज्ञान विभागले आज बिहान ६ बजे सूचना जारी गरी बागमती नदी नजिकका रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित स्थानमा रहन सुझाव दिएको छ।
विभागले जारी गरेको सूचनामा भनिएको छ– हाल बागमतीको पधेरादोभान (कर्मैया) जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका बागमती नदीतटीय क्षेत्रमा हुनेहरूले आज बेलुकासम्मै उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहोला/जानुहोला। –नेपालखबर बाट





















Discussion about this post