जनकपुरधाम/श्रावण १९ गते । जनकपुरधाम उपमहानगरपालिकाको भित्र रहेको शैक्षिक संस्थाहरु एक साताको लागि बन्द भएको छ ।
आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि एक साताका लागि जनकपुरधाम उपमहानगरमा पर्ने सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु, शिक्षण संस्थाहरु बन्द गरिएको निमित प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।
आँखा पाक्ने रोगको सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि आँखा अस्पतालबाट अनुरोध आएपछि साउन २१ गतेदेखि २६ गतेसम्म नगरभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु, शिक्षण संस्थाहरु बन्द रह्ने जनाईएको छ ।
Discussion about this post