nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेश : बोक्सी आरोपमा बर्बर यातना… न्याय खोज्दा बनाइयो गाउँ निकालाको तमसुक

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १८, २०८०, ८:४२ मध्यान्ह
मधेस प्रदेश : बोक्सी आरोपमा बर्बर यातना… न्याय खोज्दा बनाइयो गाउँ निकालाको तमसुक

रन्जन भण्डारी/महोत्तरी/श्रावण १८ गते । श्रीमानसहित परिवारका सदस्यले बोक्सी आरोपमा पटक–पटक निर्मम यातना दिएपछि महोत्तरीको पिपरा गाउँपालिका– ३ की ३२ वर्षीया काजलकुमारी देवी उजुरीसहित जिल्ला प्रहरी कार्यालय गइन् । शरीरभरि नीलडाम थियो । तर, प्रहरीले यातना दिने उनका श्रीमान् विनोदकुमार दासलाई बोलाएर सामान्य सोधपुछसमेत गरेन । बरु, तीन दिनपछि दुवै पक्षलाई छलफलका लागि बोलायो । न्याय खोजिरहेकी काजलमाथि त्यस दिन थप जघन्य अन्याय भयो । निरक्षर उनलाई जनप्रतिनिधिकै रोहवरमा प्रहरी कार्यालयबाहिर झुक्याएर सम्बन्ध–विच्छेदसहित गाउँ निकालाको तमसुक बनाइयो ।

निरक्षर काजललाई झुक्याएर गाउँ निकाला गर्ने गरी बनाइएको तमसुक

श्रीमानले अघिल्लो रात निर्घात कुटपिट गरेपछि काजल गत १ साउनमा जिल्ला प्रहरी कार्यालय महोत्तरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा पुगेकी थिइन् । प्रहरीले दुवै पक्षसँग छलफल गर्ने भन्दै ४ साउनमा आउन भन्यो । न्याय पाइने आससहित काजल प्रहरी कार्यालय पुगिन् । जहाँ सामान्य छलफल चले पनि सहमति जुटेन । प्रहरीले ‘थप आपसी छलफल गर’ भन्दै कार्यालयबाहिर पठायो । छलफलमा आएका प्रायः सबै विनोदका पक्षमा उभिए । निरीह काजललाई पैसा लिएर श्रीमान्सँग सम्बन्ध तोड्न भनेर फकाउनेदेखि धम्क्याउनेसम्म गरियो ।

बोक्सी आरोपमा दैनिकजसो भइरहेको कुटपिटबाट आजित भएकी काजलले पनि श्रीमान्सँग नबस्ने, बरू आफैँ कुनै व्यवसाय गरेर बाँच्ने निधो गरिन् । त्यसका लागि श्रीमान् विनोदले आर्थिक सहयोग गर्ने सहमति भयो । तर, पैसा दिएर छुट्टाछुट्टै बस्ने सहमति गरेको कागज प्रहरी कार्यालयमा बनाउन नमिल्ने भन्दै लेखनदास बोलाएर बाहिर नै कागज बनाउने भनियो । तर, त्यसमा सहमति भएका विषय होइन, श्रीमान्का पक्षबाट अबउप्रान्त कुनै सम्बन्ध नरहने, अंश नलाग्ने र काजलले पिपरा गाउँसमेत छोड्ने तमसुक बनाइयो । काजल अहिले वडासदस्य रितादेवी महराको घरमा शरण लिएर बसेकी छिन् ।

निरक्षर काजललाई ल्याप्चे लगाउन बाध्य पारिएको तमसुकको अन्त्यमा भनिएको छ, ‘… साक्षी किनाराको सदर म काजलकुमारी दास नगद एक लाख पाँच हजार रुपैयाँ (भारु) बुझी पिपरा गाउँ छोडिदिनेछु । मैले फेरि विनोदकुमार दासउपर कुनै प्रकारको दाबी गर्नेछैन, नाता–सम्बन्ध राख्नेछैन ।’ एक लाख पाँच हजार पनि अंश नभई विनोदसँग परेको विवादको पैसा लिइएको उल्लेख गरिएको छ । जाली तमसुकमा पिपरा गाउँपालिका– १ का वडासदस्य किसुनी दास, वडा नम्बर ४ की सदस्य रितादेवी महरा तथा स्थानीय श्यामसुन्दर दास र चन्द्रादेवी महरा साक्षी छन् । तमसुक लेखनदास सुरेन्द्र मुखियाले लेखेका हुन् ।

‘प्रहरीले छलफल गर्न बाहिर पठायो, श्रीमान्ले मलाई व्यवसाय गर्न क्षतिपूर्ति दिने र सँगै नबस्ने कुरा भयो । दिनदिनैको यातना खेप्नुभन्दा दुःख गरेर पनि छुट्टै बस्छु भनेर मैले पनि हुन्छ भनेँ । बाहिरै कागज बनायो र मलाई औँठाछाप लगाउन भनियो । त्यसमा के–के लेखिएको थियो मलाई थाहा थिएन । क्षतिपूर्तिको पैसाको कागज भनेर छाप लगाए,’ काजलले नयाँ पत्रिकासँग भनिन्, ‘त्यहाँबाट रिता दिदी (वडासदस्य)सँगै उहाँको घर फर्केँ । घर आएर राति रिता दिदीको छोराले कागज पढेर सुनाएपछि मात्र थाहा भयो– मलाई धोका दिएर कागजमा सही गराएको रहेछ भनेर ।’

बाहिर तमसुक बनाएर प्रहरी कार्यालयभित्र गएपछि भने उनीहरूले ‘अबउप्रान्त झैझगडा र कुटपिट नगर्ने भन्दै सहमतिमा पुगेको’ जानकारी गराए । प्रहरीले सोहीअनुसार कागज गरिदिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले बताए । प्रहरीमा गरिएको कागज ‘गोप्य रहने भएकाले अदालतबाहेकमा दिन नमिल्ने’ उनको भनाइ छ ।

‘छलफल हुँदा काजललाई क्षतिपूर्तिबापत एक लाख पाँच हजार भारु दिने र उनले त्यो पैसाबाट व्यवसाय गरेर जीविकोपार्जन गर्ने सहमति भएको हो । त्यही सहमति भएको भनेर हस्ताक्षर गर्न भनियो । तर, तमसुकमा अंश नलाग्ने, सम्बन्ध नरहने र काजलले पिपरा गाउँ पनि छोडेर जानुपर्ने लेखिएको रहेछ । त्यो कुरा घर आएर छोराले पढेर सुनाएपछि मात्रै थाहा पाएँ,’ रितादेवीले भनिन्, ‘म पढे–लेखेको छैन, आफ्नो नाम त बल्लबल्ल लेख्न सक्छु । काजलमाथि ठूलो अन्याय भयो, माथि–माथि छल गरियो ।’

तमसुकमा हस्ताक्षर गरेकी स्थानीय चन्द्रादेवीले पनि आफूलाई झुक्याएर तमसुकमा हस्ताक्षर गर्न लगाएको बताइन् । रितादेवी र आफूले पीडितसँगै प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय पुगेर तमसुक बनाउँदा गरिएको छलकपटबारे जानकारी गराएको उनले बताइन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलीपकुमार गिरीले प्रहरी कार्यालयमा दुवै पक्षले आगामी दिनमा मिलेर बस्ने, श्रीमान्ले कुटपिट नगर्ने सहमति मात्रै गरेको बताए । प्रहरी कार्यालयबाहिर झुक्याएर गाउँ निकाला गर्ने तमसुक बनाउनेजस्तो अपराध क्षम्य नहुने उनले बताए । ‘प्रहरीले सम्बन्ध–विच्छेद र गाउँ निकालाको कागज गराएको छैन, गराउने कुरा पनि हुँदैन । प्रहरी कार्यालयमा दुवै पक्षले आगामी दिनमा मिलेर बस्ने, श्रीमान्ले कुटपिट नगर्ने सहमति गरेका हुन् । प्रहरी कार्यालयबाहिर गरिएको कागज आधिकारिक हुँदैन, त्यो वैध होइन । झुक्याएर कागज गराएको भनेर जाहेरी परेमा प्रहरीले अनुसन्धान गर्छ । कसैलाई पनि कुनै पनि बहानामा गाउँ निकाला गर्ने भन्ने विषय क्षम्य हुँदैन,’ डिएसपी गिरीले भने ।

राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्यसमेत रहेकी अधिवक्ता मोहना अन्सारीले पीडित काजललाई थप दबाबमा राखिराख्न तमसुक बनाइएको हुन सक्ने बताइन् । ‘वडासदस्यको रोहवरमा सम्बन्ध–विच्छेद, अंश छाडेको भनेर निर्णय हुने होइन, अदालती प्रक्रिया हुन्छ,’ उनले भनिन्, ‘मुद्दा–मामिला लाग्छ भनेर उनलाई तर्साएको हुन सक्छ, न्याय माग्न नसक्नेलाई यसरी झुक्याएर तमसुक गरेको देखिन्छ । यो तमसुकले कुनै वैधता पाउँदैन । वडासदस्यको रोहवरमा अत्यन्त निन्दनीय काम भएको छ ।’

अन्सारीका अनुसार झुक्यानमा पारेको हकमा ३० दिने हदम्याद हुन्छ, यो अवधिभित्र अदालतमा गएर कागजमाथि च्यालेन्ज गर्न सकिन्छ । ‘कुनै पनि व्यक्तिलाई कसैले गाउँ निकाला गरेर हुने होइन,’ उनले भनिन्, ‘काजल कुन देशकी छोरी हुन् भन्ने सरोकारको विषय होइन, बुहारी भइसकेपछि गाउँ निकाला गर्न मिल्दैन ।’

राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश प्रमुख मञ्जु खतिवडाले भनिन्, ‘निरक्षर काजलसँग जबर्जस्त हस्ताक्षर गराइएको कागजले वैधता प्राप्त गर्न सक्दैन । यसरी निरक्षर महिलालाई जबर्जस्ती हस्ताक्षर गराउनु भनेको पीडामाथि पीडा थुपार्नु हो ।’

पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले काजललाई गाउँ निकाला गर्ने भनेर तमसुक बनाएको भए कानुनविपरीत हुने बताए । काजलमाथि घरपरिवारबाट निरन्तर कुटपिट हुने गरेको आफूले जानकारी पाएको उनले बताए ।

मेरो माइती भारत उत्तरप्रदेशको बहराइच जिल्लास्थित प्रतापपुर गाउँमा हो । १० वर्षकी छँदा आमाबुबाको सडक दुर्घटनामा मृत्यु भयो । त्यसपछि आफन्तले स्थानीय अनाथालयको जिम्मामा छाडिदिए । केही समयपछि त्यहाँबाट निकालेर काठमाडौंस्थित माइती नेपालमा पुर्‍याएर छाडिदिए । माइती नेपालले मलाई हुर्काउँदै आत्मनिर्भर बन्न सीप पनि सिकायो । नेपाली पनि बोल्न सिकेँ । जनकपुरमा विवाह पञ्चमी मेला घुम्ने भनेर साथीसँगै आएका वेला विनोद (श्रीमान्)सँग भेट भयो । उनले हामीसँगै बस, नाचगान गर भनेर फकाए । अनि म पनि विनोदको नाच गर्ने समूहसँगै लागेँ । सोही क्रममा विनोदसँग प्रेम भएर बिहे गरेँ ।

त्यतिखेर मेरो उमेर १५ वर्षको थियो होला । विवाहपछि पनि विनोदले मलाई धेरै दिन आर्केस्ट्रामा नचाए । मेरो वास्तविक नाम यशोदा हो, विनोदले नै पछि काजल राखिदिएका हुन् । तर, उनको घरमा अर्की श्रीमती पनि रहिछिन् । पछि गाउँ लगेर उनले मेरा लागि ब्युुटीपार्लर खोलिदिए, माइती नेपालबाट सीप सिकेकै थिएँ । केही समयसम्म ठीकै चलेको थियो, तर क्रमशः यातना दिन थाले । कहिले बोक्सी भन्दै, कहिले काम बिगारेको भनेर दिनदिनैजसो कुटपिट गर्न थाले ।

कुटपिटबाट काजलकुमारी देवीको आँखामा नीलडाम

श्रीमान्सँगै सौताले पनि कुट्न थालिन् । तीनपटक त श्रीमान्ले झुक्याएर गर्भपतन गराइदिए । पहिलो सन्तान हुँदा त ‘मरेको भनेर’ बच्चाको अनुहारसमेत देखाएनन् । बच्चा फालेको वा मारेको हो थाहा छैन । त्यसपछि गर्भवती हुँदा सात महिनाको बच्चा अप्रेसन गरेर फालियो । त्यसपछि पनि बच्चा फाल्न लगाए । अहिले त परिवार नियोजन गराइएको छ ।

धनुषा जिल्लाको फचहामा हनुमानजीको मन्दिर छ, त्यहाँ ‘बोक्सी लागेको’लाई झारफुक गर्न ल्याइन्छ । विनोदले मलाई त्यहाँ वैशाखमा १० दिन राखे । राति–राति मसानघाटमा लगिन्थ्यो । मेरो हातबाट मसानघाटमा दुई दिन परेवाको बलि दिन लगाए र एक दिन कुम्हर (तरकारी)को बलि दिन लगाए, तर केही भएन । पूजा गर्ने भगताले भने– यसमा बोक्सी छैन । तर, श्रीमान् र सौताले ‘यो बोक्सी नै हो’ भनिरहे । त्यहाँबाट घरमा ल्याएर पनि निरन्तर कुटपिट गरिरहन्थे ।

कुटपिटबाट काजलकुमारी देवीको ढाडमा नीलडाम

गएको ३१ असारको राति त बोक्सी भनेर मर्ने गरी नै कुटपिट गरियो । शरीरमा नीलडाम नभएको ठाउँ रहेन । ‘तिमी डायन हौ, फाँसी लगाएर मारिदिन्छु’ भन्दै हनुमानजीको पूजा गर्न थालेपछि उम्किएर भागेँ । जिल्ला प्रहरीमा सबै घटनाक्रम बताएँ । तर, प्रहरीले ‘बोक्सी आरोप लगाएको भनेपछि श्रीमान्लाई मुद्दा चल्छ, छलफलपछि मात्र त्यो उजुरी दिनू’ भन्यो । त्यसपछि कुटपिटको निवेदन दिएँ । साउन ४ गते प्रहरीमा छलफल भयो । दिनदिनैको यातना खेप्नुभन्दा विनोदसँग बस्दिनँ, पिपरामै बसेर कमाएर खान्छु, मलाई पैसा दिइयोस् भनेँ । मेरो हक चाहियो भनेँ ।

कुटपिटबाट काजलकुमारी देवीको पाखुरामा नीलडाम

प्रहरीले छलफल गर्न बाहिर पठायो, बाहिर केही गरिखान क्षतिपूर्तिस्वरूप पैसा दिने भने । मैले पनि हुन्छ भनेँ । तर, बाहिरै लेख्ने मान्छे (लेखनदास) बोलाएर कागज बनाएर मलाई औँठाछाप लगाउन लगाए । मैले अघि भएको सहमतिअनुसार पैसाको कागज भनेर छाप लगाएँ । अनि रिता दिदी (वडासदस्य)सँगै उहाँको घर फर्केँ । घर आएर रिता दिदीका छोराले कागज पढेर सुनाएपछि मात्र मलाई धोका दिएर कागजमा सही गराएको थाहा भयो ।

त्यसमा श्रीमान्सँग मेरो सम्बन्ध नरहने, अंशमा हक पनि नलाग्ने र गाउँ छाडेर जानुपर्ने लेखिएको रहेछ । पीडामाथि झन् ठूलो पीडा दिए, ठूलो अन्याय भयो ममाथि । मसँग न नेपाली नागरिकता छ, न विवाह दर्ता । गाउँ छाडेर कहाँ जाउँ ? मलाई न्याय चाहियो । साभार-नयाँ पत्रिकाबाट

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!