महाेत्तरी/श्रावण १७ गते। महाेत्तरी प्रहरीले प्रतिबन्धित लागूऔषध ६० किलो गाँजा बरामद गरेको छ ।
महोत्तरीको औरही नगरपालिका २ फुलबरीया चेपकट जाने बाटोकाे छाेउमा रहेको उँखु खेतबाट खेतबाट बुधबार दिउँसो प्रहरीले तीनवटा पोका रहेको प्रतिबन्धित गाँजा बरामद गरेको हो ।
महाेत्तरीकाे श्याम श्रेष्ठ काे उँखु खेतबालीमा कामदारहरुले काम गरिरहेको अवस्थामा तीनवटा पोका फेला परेपछि प्रहरीलाई खवर गरिएको थियो । खबर प्रप्पता हुनैवितीकै औरही प्रहरी चौकीबाट गएको टोलिले उक्त पोका खेलेर हेर्दा ६० किलो प्रतिबन्धित लागूऔषध गाजा रहेको थियो ।
यश सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएका छन् ।














Discussion about this post