nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गेरुकाधाममा पुरुषोत्तम स्नान गर्नेको घुइँचो

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १५, २०८०, १:५१ मध्यान्ह
महोत्तरीको गेरुका नदीमा शाही स्नान, आजदेखि मेला शुरु  

महोत्तरी/श्रावण १५ गते। महोत्तरीको लोहारपट्टी–४ खुट्टापीपराढीस्थित गेरुकाधाममा पुरुषोत्तम स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक तीन-तीन वर्षमा हुने अधिकमास (बोलचालीमा मलमास) को पुरुषोत्तम स्नान गर्न यहाँ श्रद्धालुको उपस्थिति बाक्लो रहेको छ । अधिकमास सुरु भएयताको आज चौथो स्नान हो ।

गेरुकाधाममा अधिकमासभित्रका आइतबार र मङ्गलबार पुरुषोत्तम स्नान गर्ने चलन छ । यसअनुसार यही साउन २ गते सुरु भएको अधिकमासमा यसअघि तीन स्नानमेला सम्पन्न भएका छन् । यसपाली आगामी भदौ १ गतेसम्म पर्ने अधिकमासमा चार आइतबार र पाँच मङ्गलबार गरी नौ स्नानमेलाका दिन परेका छन् । आजसमेत चार मेला सम्पन्न भएपछि अब पाँच बाँकी छन् ।

आदिकालदेखिकै धार्मिकस्थल रहेको गेरुकाधाममा प्रत्येक तीन वर्षको फरकमा चन्द्रमासको गणनामा आउने अधिकमासमा धार्मिक मेला लाग्ने चलन छ । अधिकमासमा गेरुकाधामस्थित गेरुका कुण्डमा पसेर स्नान गरेपछि सबै पापबाट छुटकारा पाई मोक्ष प्राप्ति हुने मैथिल हिन्दू जनविश्वास रहँदै आएको छ । पुरुषोत्तम स्नान आइतबार र मङ्गलबारको दिनको पहिलो प्रहरभित्र गर्ने चलन छ ।

अधिकमासलाई धर्मशास्त्रहरु (अधिकमास पुरुषोत्तम माहात्म्य) मा भगवान् विष्णुसँग जोडेर पुरुषोत्तम मास भनिएको छ । यस मासमा धार्मिक स्नान गरेर पुरुषोत्तम पुराण श्रवण (सुन्दा) गरे मनवाञ्छित फल पाइने पुरुषोत्तम पुराणमा उल्लेख रहेको वैदिक धर्मपरम्पराका ज्ञाता जलेश्वर नगरपालिका–८ बजराहीका मनोहरनाथ पाठक बताउँछन् । यस पटक साउन कृष्णपक्ष अन्त्य भई शुक्लपक्ष सुरु हुने दिन यही साउन २ गते अधिकमास लागेको हो । एक महिना भोग रहने यस मासमा अधिक साउन शुक्ल र अधिक साउन कृष्णपक्ष रहने छन् । अधिकमासको एक महिने अवधि पुरा हुनासाथ चन्द्रमास गणनाको साउन शुक्लपक्ष सुरु हुने नेपाली र मैथिली प्रचलनका पञ्चाङ्ग (पात्रो) मा उल्लेख छ ।

यसअघि २०७७ असोजमा अधिकमास परेको थियो । गेरुकाधामस्थित पवित्र कुण्डमा अधिकमासभित्रको आइतबार र मङ्गलबार पुरुषोत्तम स्नानको परम्परा छ । पुरुषोत्तम स्नानले आत्मशुद्धिमा जान अञ्जानमा भएका त्रुटिको पापबाट मुक्त भइने र मोक्ष प्राप्त हुने हिन्दू मैथिल जनविश्वास छ । खासगरी यो स्नान देह र आत्मशुद्धिका लागि गरिने परम्परा रहेको मिथिला माहात्म्यका मर्मज्ञ तथा यस माहात्म्यका नेपाली अनुवादक ध्रुव राय बताउँछन्ेड ।

यो धार्मिक परम्पराले अधिकमासभित्रका आइतबार र मङ्गलबार गेरुकाधाममा धार्मिक मेला आयोजन हुँदै आएको छ । यी मेला अवधिमा धार्मिक यात्रीलाई बासस्थान, खानेपानी, प्राथमिक उपचार, सुरक्षा र स्वेच्छिक भोजनको व्यवस्था गरिँदै आइएको लोहारपट्टीका नगर प्रमुख शैलेन्द्र यादवको भनाइ छ । जनकपुरधामसँगै जोडिएको गेरुकाधाम तीर्थमा स्नानका लागि मधेस प्रदेशका अतिरिक्त भारतको विभिन्न जिल्लाका तीर्थयात्री आउने गरेका छन् । सोनमा गाउँपालिकाको खैरवनीस्थित कुण्डमा पनि पुरुषोत्तम स्नान मेला लाग्ने गरेको छ ।-रासस

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

अब एटीएममै पाइन्छ १०० का नोट

अब एटीएममै पाइन्छ १०० का नोट

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि