सप्तरी/श्रावण १५ गते । पोखरीमा डुबेर सप्तरीमा दुई बालिकाको मृ त्यु भएको छ ।
आइतबार दिउँसो सप्तरीको बोदेबर्साईन नगरपालिका ३ बस्ने महादेव साहको पोखरीमा सोही नगरपालिकाको वडा नं. १ धनगढी बस्ने विध्यानन्द साहको ८ वर्षकी किरन साह र वडा नं. ६ फुलकाही बस्ने धनराज साहको ८ वर्षीया छोरी शिवानी साहको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
भैँसीलाई पोखरीमा नुहाउन जाने क्रम्मा पोखरीमा डुबेर दुवै जनाको मृ त्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
घटना स्थल सुरक्षित राखिएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिएका छ्न।















Discussion about this post