श्रावण १४ गते । मोटरसाइकल दुर्घटनामा परि घाइते भएका एक जनाको उपचारका क्रममा तीन सातापछि शनिबार मृ त्यु भएको छ ।
मृत्यु हुनेमा स.४प.९४८६ नं.को मोटरसाइकल चालक सप्तरीको बोदेबर्साईन नगरपालिका ९ देउरी टोल बस्ने ५५ वर्षिय बिजुली प्रसाद यादव रहेको प्रहरीले जनाएको छ । उनको लागि कोशी अञ्चल अस्पताल बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।
गत असार २१ गते जिल्लाको बोदेबर्साईन नगरपालिका वडा नं. ५ स्थित हुलाकी सडक खण्डमा पूर्बबाट पश्चिमतर्फ जादै गरेको स.४प.९४८६ नं.को मोटरसाइकललाई दक्षिणबाट उत्तरतर्फ टर्निङ गरीरहेको अवस्थामा सोही दिशाबाट आउदै गरेको म.प्र.०१–००४प.४८९२ नं को मोटरसाइकलले ठक्कर दिएको थियो ।
सो दुर्घटनामा बिजुली प्रसाद यादव घाइते भएका थिए भने म.प्र.०१–००४प.४८९२ नं को मोटरसाइकल चालक बोदेवर्साइन नगरपालिका ३ मधुवन टोल बस्ने १९ वर्षिय राजेश कुमार यादव र सोहि मोटरसाइकल पछाडि सवार स्थानीय २६ वर्षिय पवन कुमार यादव सामान्य घाइते भएको थिए ।
यता प्रहरीले म.प्र.०१–००४प.४८९२ नं को मोटरसाइकल चालक राजेश कुमार यादवलाई नियन्त्रणमा लिई साउन ११ गते जिल्ला अदालतबाट म्यादथप गराई अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।














Discussion about this post