सप्तरी/श्रावण ११ गते । सप्तरी करेन्ट लागेर एक युवकको मृ त्यु भएको छ ।
सप्तरी जिल्लाको अग्निसाईर कृष्णसावरण गाउँपालिका–४ बनौली बस्ने २५ वर्षीय मुकेशकुमार यादवको करेन्ट लगेर बुधबार राति मृ त्यु भएको हो ।
आफ्नै खेतमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा उनलाई अचानक करेन्ट लागेकाे थियो ।
गम्भीर घाइते भएका उनको छिन्मस्ता अस्पताल राजविराज सप्तरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

















Discussion about this post