सप्तरी/श्रावण ७ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिकाले औषधि खरिदमा लाखौंको अनियमितता भएको खुलासा भएको छ। नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ मा ८८ लाख एक हजार दुई सय ३३ रुपैयाँबराबरको औषधि खरिद गर्दा सार्वजनिक खरिद नियमावली पालना नगरेको पाइएको हो।
नियमावलीअनुसार २० लाख रुपैयाँसम्मको औषधिजन्य मालसामान खरिद गर्दा राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ। खरिद भएका औषधिहरू कुन कम्पनीबाट उत्पादित हो भन्ने पनि प्रकाशन गर्नुपर्ने हुन्छ।
तर, जनप्रतिनिधि र केही कर्मचारी मिलेर कमिसनको लोभमा मनपरी ढंगले औषधि खरिद गरेका छन्। महालेखाको प्रतिवेदनले पनि नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ मा औषधि खरिद गर्दा प्रक्रिया नपुर्याएको औँल्याएको छ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख शिवशंकर ठाकुर भने कानुनअनुसार नै औषधि खरिद गरिएको दाबी गर्छन्। उनले भने, ‘त्यो आर्थिक वर्षको चैत अन्तिममा पालिकामा हाजिर भएको थिएँ। त्यसपछि कानुनअनुसार औषधि खरिद गरिएको छ। त्योभन्दा पहिले के भएको हो मलाई कुनै जानकारी छैन।’
यता साे सम्बन्धमा डाक्नेश्वरि नगरपालिकाका नगर प्रमुख रामलखन मलाहले पनि कानुनअनुसार नै खरिद गरिएको प्रतिक्रिया दिए। साभार :- नयाँ पत्रिका बाट















Discussion about this post