महोत्तरी/श्रावण ७ गते । महोत्तरीको जलेश्वरमा प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुटिएको घटना बाहिरिएको छ ।
जनकपुरस्थित प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी नायब उपरीक्षक चन्देश्वर यादव जलेश्वर नगरपालिका-२ बसपार्क नजिक विद्यापति नगरमा बिहीबार राति करिब १० बजे कुटिएका हुन् । उनको दायाँ खुट्टा भाँचिएर गम्भीर घाइते भएका छन्
स्थानीय बासिन्दाले दिएको जानकारीअनुसार बिहीबार राति अचानक होहल्ला सुनिएपछि घर बाहिर निस्किँदा रगतमा लतपतिएको अवस्थामा डीएसपी यादव भेटिएका थिए । उनले स्थानीयसामू आफूलाई बचाउन गुहार मागेका थिए ।
होहल्ला भएपछि घटनास्थलभन्दा करिब एक सय मिटरको दूरीमा रहेको जलेश्वर ट्राफिक कार्यालयका प्रहरीले घाइते यादवको उद्धार गरेर जलेश्वर प्रादेशिक अस्पताल लगेको स्थानीयले जानकारी दिए । सिकिस्त घाइते यादवको खुट्टा भाचिएको छ ।
धनुषामा कार्यरत डीएसपी यादव राति १० बजे एक्लै जलेश्वरमा किन गएको र घट्ना के कारण भएको भन्ने विषयमा प्रहरीको कुनै पनि निकायले बोल्न मानेन ।
उनको उपचार अहिले काठमाडौं स्थित प्रहरी अस्पतालमा भइरहेको छ । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले के कति कारणले कसले आक्रण गरेको भन्ने नखुलेको बताए ।
घटनाको छानविन गर्न मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य छानविन टोलि गठन भएको छ ।
टोलिले शनिबार घटनास्थलको निरीक्षण समेत गरेको छ । घटना रहस्यमय भएकाले प्रहरीले लुकाउन खोजेका थिए । तर बाहिरिएपछि प्रहरीले औपचारिक रुपमा छानविन तथा अनुसन्धान थालेको हो । डीएसपी यादव केही महिना अगाडि महोत्तरीबाट सुरुवा भई धुनषा गएका थिए । फोटो-कान्तिपुर टिभी अनलाईन बाट

















Discussion about this post