सप्तरी/श्रावण ४ गते। सप्तरीमा ट्युवेलमा जडान गरिएको मोटरबाट करेन्ट लागेर एक बालकको मृ त्यु भएको छ ।
सप्तरीको खडक नगरपालिका वडा नं. ७ मझौ टोल बस्ने कटर बहादुर तमाङका ९ वर्षिय छोरा आदित तमाङको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आफ्नै घरको कलमा जडान गरिएको मोटरबाट करेन्ट लागेर गम्भिर घाइते भएका उनलाई उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा लगिएकोमा सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्त्रीले जनाएको छ ।















Discussion about this post