सप्तरी/श्रावण ४ गते। सप्तरीको राजविराजस्थित सामाजिक विकास इकाई कार्यालयमा बिहीबार अख्तियारको टोली पुगेपछि कर्मचारीहरु भागाभाग भएका छन् ।
गत आर्थिक वर्ष २०७९/८० मा सम्पन्न एक भवन निर्माण कार्यको भुक्तानी दिन घुस मागेको उजुरी आएपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उक्त कार्यालयमा छापा मारेको हो ।
आयोगको इटहरीस्थित आयोगका डिएसपी मानबहादुर राई नेतृत्वको टोली पुग्नासाथ कर्मचारीमा भागाभाग भएका थिए । कतिपय कर्मचारी त भुक्तानी लिएका ब्यक्तीबाट प्राप्त गरेको कमिशन रकम समेत फालेर भागेका थिए ।
अख्तियार टोलीले कार्यालयको पुर्व पट्टीको गल्लीमा कर्मचारीद्वारा फालिएको १५ हजार नगद तथा ५५ हजार रुपैयाको चेक समेत बरामद गरेको छ । सो रकम उक्त कार्यालयका कर्मचारी सबइन्जिनीयर अजय कुमार साफीले फ्यालेर भागेको श्रोतले जनाएको छ ।
सिरहाको नवराजपुर गाउँपालिका १ स्थित जनता आधारभुत विद्यालयको चार कोठे भवन निर्माण काम सम्पन्न भएपनि अन्तिम भुक्तानी दिन चेक रोकेर कमिशन मागेपछी उभोक्ता समितीका पदाधीकारले अख्तियारमा उजुरी दिएको बताइएको छ ।















Discussion about this post