nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपालमा सोमबारदेखि विदेशी टेलिभिजन च्यानलको प्रशारण किन हुँदैछ बन्द?

सजिलो पोस्ट सजिलो पोस्ट
असार ३०, २०८०, ८:५४ मध्यान्ह
नेपालमा सोमबारदेखि विदेशी टेलिभिजन च्यानलको प्रशारण किन हुँदैछ बन्द?

काठमाडौं/असार ३० गते। विदेशी टेलिभिजन च्यानलहरुको प्रशारण सोमबारबाट देशभर बन्द हुने भएको छ।

संचार मन्त्रालयले गएको चैतमा ‘आला कार्ट’ मूल्य प्रणाली लागू गर्दै शुल्क निर्धारण गरेको थियो। आला कार्ट भन्नाले ‘पे टेलिभिजन’ सेवा हो। अर्थात नेपाली उपभोक्ताहरुले आफूलाई मनपर्ने च्यानलको मात्रै शुल्क तिरेर हेर्न पाउँछन् भन्ने हो।

अहिले एकमुस्ट प्याकेजको पैसा तिर्दा सबै च्यानल आउने गर्छन्। च्यानल छनोट गर्ने अधिकार उपभोक्तामा थिएन। आला कार्ट लागू भएपछि भने आफूले रोजेको च्यानलको मात्रै शुल्क तिरेर हेर्न पाउने व्यवस्था सरकारले गरेको थियो।

गत चैत १५ गतेको मन्त्रिस्तरीय निर्णयबाट संचार मन्त्रालयले टेलिभिजन च्यानहरुको सिग्नल वितरण गर्न अनुमति पाएका सेवा प्रदायकहरुले उपभोक्ताबाट लिन पाउने शुल्क निर्धारण गरेको थियो।

सरकारले आला कार्ट शुल्क र बुके उपलब्ध गराउन नेपालका सबै अपरेटर र विदेशी टेलिभिजन च्यानल तथा विदेशी च्यानलको डाउनलिंक अनुमति प्राप्त संस्थाहरु (वितरक) लाई वैशाख १७ गते पहिलोपटक जानकारी गराएको थियो।

त्यसपछि पुन: वैशाख ३१ गते ताकेता गरिएको संचार मन्त्रालय मातहतको सूचना तथा प्रसारण विभागले जनाएको छ। त्यसपछि असार १७ गते नेपालका सबै विदेशी सिग्नल वितरक र अपरेटरहरुलाई पुन: पत्राचार गर्दै साउन १ गतेबाट आलाकार्ट शुल्क प्रणाली पूर्णरुपमा लागू हुने जानकारी गराउँदै असार २८ गतेभित्र सशुल्क विदेशी च्यानलहरुको शुल्क र बुके विभागमा उपलब्ध गराउन भनेको थियो। तर, उक्त समयसम्म पनि कुनै पनि शुल्क र बुके विभागमा प्राप्त नभएको जनाएको छ।

जसका कारण सोमबारदेखि नेपालमा प्रसारण भइरहेका सबै सशुल्क टेलिभिजन च्यानल रोकिने भएका हुन्।

संचार मन्त्रालयका अनुसार न्यूनतम (बेसिक प्याकेज) शुल्क बापत मासिक करसहित २५० रुपैयाँ मात्रै लिन पाइने व्यवस्था गरेको छ। यो प्याकेजमा प्रसारण संस्थाले नेपाली तथा विदेशी ‘फ्रि टु एयर’ अर्थात नि:शुल्क हेर्न पाउने च्यानलहरु देखाउनु पर्नेछ।

यस्ता च्यानलहरु सूचनामूलक, समाचारमूलक, शिक्षाप्रद, मनोरञ्जनात्मक, खेलकुद लगायतका विषयवस्तु समावेश हुनुपर्ने मन्त्रालयले जनाएको छ।

च्यानल अपरेटरहरुले सशुल्क च्यानलहरु प्रसारण गरेबापत अलग अलग वा बुकेको आधारमा मात्रै उपभोक्ताबाट शुल्क लिन पाउने व्यवस्था गरेको थियो। प्रत्येक बुके च्यानलको अधिकतम मूल्य सरकारले करसहित ४० रुपैयाँ तोकेको छ। करसहित ४० रुपैयाँभन्दा बढी लिन सरकारले रोक लगाएको छ।

च्यानल अपरेटरहरुले सशुल्क टेलिभिजन च्यानलबापत मासिक अधिकतम करसहित २५० रुपैयाँ मात्रै लिन पाउने व्यवस्था छ।

बुके च्यानल भन्नाले उदाहरणका लागि स्टार समूहको संचालन गरिरहेका विभिन्न च्यानलहरु मान्न सकिन्छ। अर्थात कुनै एउटै कम्पनीले उपलब्ध गराउने विभिन्न प्रकृतिका टेलिभिजन च्यानलहरु।

बुके च्यानलहरु एकै समूहले बन्डलमा उपलब्ध गराइरहेको च्यानल भनेर पनि बुझ्न सकिन्छ। जस्तै, स्टार स्पोर्ट्स, स्टार प्लस, स्टार मुभिज, स्टार वर्ल्ड, स्टार गोल्ड इत्यादिलाई बुके भन्ने गरिन्छ।

सशुल्क टेलिभिजन च्यानलहरुमा पनि सूचना, समाचारमूलक, शिक्षाप्रद, मनोरञ्जनात्मक, खेलकुद लगायतका विषयवस्तु समावेश हुनुपर्ने व्यवस्था गरिएको छ। सरकारले गरेको व्यवस्थाअनुसार बेसिक प्याकेज र स-शुल्क गरी अधिकतम करसहित अपरेटरले मासिक ५०० रुपैयाँभन्दा बढी लिन पाउने छैनन्।

सशुल्क टेलिभिजन च्यानलहरु रोज्ने वा नरोज्ने भन्ने विषय उपभोक्ता स्वयं निर्णय गर्न पाउने भन्दै मन्त्रालयले उक्त निर्णयलाई च्यानल अपरेटरहरुले अनिवार्य पालना गर्नुपर्ने व्यवस्था गरेको छ।

त्यसैगरी, विदेशी स-शुल्क च्यानलहरु नेपालमा डाउनलिंक अनुमति लिएर प्रसारण गर्न स्थानीय नेपाली वितरक चयन गर्नुपर्ने व्यवस्था गरिएको छ। उक्त वितरकसँग सम्झौता गरेर विना भेदभाव सबै नेपाली च्यानल अपरेटरहरुलाई सिग्नल उपलब्ध गराउनुपर्ने मन्त्रालयले जनाएको छ।

सरकारले इन्टरनेट र टेलिभिजन च्यानल एउटै प्याकेज (बन्डलिङ) गरि बिक्री गर्न पनि रोक लगाएको छ। यस्तै, टेलिभिजन प्रसारणबापत मासिक अधिकतम ५०० रुपैयाँ भुक्तानी गर्नुपर्दा र इन्टरनेट सेवाको भुक्तानी गर्नुपर्दा अहिले तिर्नुपरिरहेको संयुक्त शुल्कभन्दा बढी हुन नहुने मन्त्रालयले जनाएको छ।

इन्टरनेट सेवासँग टेलिभिजन सेवाको शुल्क आबद्ध नगरी छुट्टाछुट्टै शुल्क देखिने गरि सेवा उपलब्ध गराउन सेवा प्रदायकहरुलाई सूचित गराएको छ।

यो गर्दा पनि अहिले कायम शुल्कभन्दा बढी हुन नहुने जानकारी गराएको छ। मन्त्रालयले च्यानल अपरेटरहरुले उपभोक्ताबाट उठाउने शुल्कलाई पारदर्शी, व्यवस्थित तथा वैज्ञानिक बनाउन आला कार्ट मूल्य प्रणाली लागू गर्न लागिएको बताउँदै आएको छ।

आलाकार्ट प्रणाली प्रति अपरेटरदेखि विदेशी च्यानलहरुले असन्तुष्टि जनाउँदै आएका छन्।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालनको तयारी, पहिलो चरणमा २५ वटा गुड्ने

महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालनको तयारी, पहिलो चरणमा २५ वटा गुड्ने

१४ बर्षमा विश्वका १९० देशमा औपचारिक रूपमा पुग्यो योगा

१४ बर्षमा विश्वका १९० देशमा औपचारिक रूपमा पुग्यो योगा

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो फोन, गरिएको छ धेरै सुधार

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो फोन, गरिएको छ धेरै सुधार

कालाे चना खाने याे हाे सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

कालाे चना खाने याे हाे सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!