जनकपुरधाम/असार २२ गते। महोत्तरी प्रहरीले स्रोत नखुलेको १० लाख ३० हजार रुपैयाँसहित एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ।
बिहीबार दिउँसो जिल्लाको जलेश्वर नगरपालिका- ३ स्थित बिआर ३० ड्ब्लु ५३५२ नम्बरको मोटरसाइकललाई भिठ्ठामोडबाट जलेश्वरतर्फ आउँदै गरेको अवस्थामा चेक जाँच गर्दा रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार पक्राउ पर्नेमा भारत बिहार प्रान्त जिल्ला सितामढी थाना सुरसण्ड ग्राम सिखण्डी भिठ्ठामोड- ५ बस्ने २० वर्षीय चन्दनकुमार साफी रहेका छन्।
बरामद भएको रुपैयाँ तथा मोटरसाइकल सहित साफीलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बारा पठाउने प्रकृया भइरहेको प्रवक्ता गिरीले जानकारी दिए।















Discussion about this post