असार १७ गते । सप्तरी जिल्ला अदालतले ज्यान मुद्दामा प क्राउ गरेका एक फरार प्रतिवादीलाई पूर्पक्षका लागि राजविराज कारागार पठाउने आदेश दिएको छ ।
गत बैशाख ३१ गते सप्तरीको रुपनी गाउँपालिकामा मृत भेटिएका शम्भुनाथ नगरपालिका वडा नं. २ बस्ने २१ वर्षिय मो. तफेजुलको घटनामा संलग्न रहेका जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. ७ बस्ने २० वर्षिय दिलिप साहलाई अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको हो ।
सप्तरीको रुपनी गाउँपालिका वडा नं. १ रायपुरको रुपनी राजविराज सडकखण्डस्थित निर्माणाधिन कलभर्ट नजिक राजाराम यादवको खेतमा मो.तफेजुल मृत फेला परेका थिए ।
प्रहरीका अनुसार घटनामा संलग्न साहलाई जेठ १७ गते पक्राउ गरेकोमा मुद्दाको सम्पूर्ण अनुसन्धान कार्य पुरा गरी असार ८ गते जिल्ला सरकारी वकीलको कार्यालय सप्तरीमार्फत जिल्ला अदालतमा पेश गरेको थियो ।
सोही मुद्दामा अदालतले असार ११ गते साहलाई पुर्पक्षको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार जारि गरेको विज्ञप्तिमा उल्लेख छ ।















Discussion about this post