सप्तरी/असार १६ गते। सप्तरीमा मोटरसाइकलको ठक्करबाट १ जना साईकलयात्रीको मृ त्यु भएको छ।
सप्तरीको तिरहुत गाउँपालिका ५ मैनाकडेरीस्थित सडकमा स ७ प ७७५७ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री स्थानीय मोहम्मद मजिदको छोरा १६ वर्षीय मोहम्मद महताजको बिहीबार दिउँसो मृ त्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा उपचारको क्रममा मृ त्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।














Discussion about this post