nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषाका पाँच पालिकाले बजेट ल्याउन सकेनन्

सजिलो पोस्ट सजिलो पोस्ट
असार १३, २०८०, ७:३६ मध्यान्ह
धनुषाका पाँच पालिकाले बजेट ल्याउन सकेनन्

धनुषा/असार १३ गते । धनुषाका पाँच स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेनन् । बजेट बाँडफाँटमा विवाद भएपछि पाँच पालिकाले बजेट ल्याउन नसकेका हुन्।

यही असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याइसक्ने कानुनी प्रावधान भए पनि मिथिला नगरपालिका, कमला नगरपालिका, सहिदनगर नगरपालिका, धनौजी गाउँपालिका र औरही गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन् । यी पालिकाहरूमा अल्पमत बहुमत तथा योजना बाँडफाँटमा विवाद देखिएको थियो ।

मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोले नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिहरूको आन्तरिक विवादका कारण बजेट ल्याउन कठिन भएको आरोप लगाए ।

पटक–पटक नगरसभा गर्ने प्रयास गरे पनि असफल भएको उनको गुनासो थियो । “दुई पटक नगरसभा गर्ने विषयमा कार्यपालिका बैठक आह्वान ग¥यौँ तर दुवै पटक एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु अनुपस्थित हुनुभयो”, उनले भन्ने, “बुँदागतरूपमा उनीहरुले हालसम्म कुनै माग पनि राख्नुभएको छैन । खै के हो ? उनीहरुसँगै बुझ्नुस् ।” यस विषयमा उपप्रमुख सुनिता सिंह बुढाथोकीसँग पटक–पटक सम्पर्क गर्न खोज्दा पनि फोन उठाइएन ।

यस्तै धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले बजेट ल्याउने प्रयासमै रहेको बताए । कुन कारणले निर्धारित समयमा बजेट आउन नसकेको भन्ने जिज्ञासामा उहाँले सोही कुरा दोहो¥याएर फोन राख्नुभयो । यस पालिकामा योजना बाँडफाँटमा विवाद रहेको बुझिएको छ ।

कमला नगरपालिकाले नीति तथा कार्यक्रम ल्याए पनि बजेट ल्याउन सकेको छैन। उपप्रमुख शिलादेवी मण्डलले बजेट आउन समय लाग्ने बताए । जनप्रतिनिधिहरुको विगतकै माग पूरा नभएका कारण बजेट नआएको उनले बताए । यसअघि उपप्रमुख मण्डलले चालु आर्थिक वर्षको नगरसभा खारेजको माग गर्दै जनकपुर उच्च अदालतमा उजुरी नै गर्नुभएको थियो । नगरप्रमुख विशेश्वर यादवसँग सुरुआती समयदेखि उनको मनमुटाव थियो ।

सहीदनगर नगरपालिकामा नगरसभा हुनेबारे कुनै तयारी छैन । जनप्रतिनिधिहरु नगरप्रमुखसँग असन्तुष्ट छन् । नगरप्रमुख दिनेशप्रसाद यादवले बजेट ल्याउन केही समय लाग्ने बताए । सबै पक्षलाई समेटेर अगाडि बढ्न खोज्दा निर्धारित समयमा बजेट ल्याउन नसकेको उहाँको भनाइ थियो तर उपप्रमुख सुनिताकुमारी सिंहले छलफल गर्न बाँकी रहेका कारण बजेट ल्याउन नसकेको बताए ।

योजना तर्जुमा भए पनि अन्य विषयको छलफलमा सहमति नभएकै कारण अगाडि नबढेको उनको भनाइ थियो । “केही विषयमा छलफल गर्न बाँकी छ । योजना र राजस्व परामर्श समितिहरुसँग पनि छलफल गर्न बाँकी छ । उपप्रमुख सिंहले योजना बाँडफाँटतर्फ सङ्केत गर्दै भन्ने, “प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी पनि बाहिर छन् । अब हामी छलफल गरेर बजेट ल्याउने तयारी गर्छौं ।”

यस्तै औरही गाउँपालिकाका अध्यक्ष उमाशङ्करप्रसाद साहले अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले विवाद खडा गरेको बताए । उनका अनुसार ती जनप्रतिनिधिहरु अन्य नेताको इसारामा चलेका कारण विवाद भइरहेको बताए । रासस

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

दलित सशक्तीकरणका लागि मन्त्री लखन दासको विभिन्न घोषणा

दलित सशक्तीकरणका लागि मन्त्री लखन दासको विभिन्न घोषणा

रौतहटमा अलपत्र ४२ भारतीय कामदारको उद्धार, स्वदेश पठाइयो

रौतहटमा अलपत्र ४२ भारतीय कामदारको उद्धार, स्वदेश पठाइयो

धनुषामा जथाभावी पार्किङ नियन्त्रण अभियान तीव्र

धनुषामा जथाभावी पार्किङ नियन्त्रण अभियान तीव्र

दश वर्षपछि घर फर्किए शिवकुमार, प्रहरीले अभिभावकको जिम्मा लगायो

दश वर्षपछि घर फर्किए शिवकुमार, प्रहरीले अभिभावकको जिम्मा लगायो

सर्पदंशबाट बसिरको मृत्यु भएपछि परिवारको बिचल्ली

सर्पदंशबाट बसिरको मृत्यु भएपछि परिवारको बिचल्ली

जानकी मन्दिरको फाउन्टेन बिग्रिएर अलपत्र, मर्मतमा छैन चासो

जानकी मन्दिरको फाउन्टेन बिग्रिएर अलपत्र, मर्मतमा छैन चासो

कांग्रेसको विधान संशोधन प्रस्ताव बन्दसत्रबाट पारित, ५ जना उपसभापति, १५ सहमहामन्त्री

कांग्रेसको विधान संशोधन प्रस्ताव बन्दसत्रबाट पारित, ५ जना उपसभापति, १५ सहमहामन्त्री

नेकपा परित्याग गरी झलनाथ खनालको नेतृत्वमा ‘समाजवादी जागरण अभियान’ घोषणा

नेकपा परित्याग गरी झलनाथ खनालको नेतृत्वमा ‘समाजवादी जागरण अभियान’ घोषणा

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

जनकपुरधाममा २० वर्षीया विवाहित महिला मृत फेला, श्रीमान् नियन्त्रणमा

सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना

सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि