सप्तरी/असार ११ गते। चर्को ब्याज असुलेको आरोपमा सप्तरी प्रहरीले ३ जनालाई आइतबार साँझ नियन्त्रणमा लिएको छ ।
पक्राउ गरिएकाहरुमा राजविराज–६ का मनोजकुमार दास, राजविराज–५ का शिवनारायण यादव र राजविराज–३ का तारिणीप्रसाद साह रहेको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
पक्राउ गरिएकामध्ये दास राजविराज लगायत यो क्षेत्रमा चर्को ब्याजमा रकम लगानी गर्दै आएको खुलेको छ । एसपी कार्कीका अनुसार दासविरुद्ध ५ जनाले चर्को ब्याज असुलेको आरोपमा उजुरी दिएका छन् । पक्राउ गरिएकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post