असार ८ गते। एक बर्षदेखि बचत गरेको सयौँ बचतकर्ताको रुपैयाँ लिएर भागेका एक सहकारी संस्थाका संचालक बुधबार जनकपुरबाट प क्राउ परेका छन् । उनलाई बचतकर्ताहरुले अर्धनाँगो बनाएर कुटपिट समेत गरेका छन् ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर नं. ७ मा रहेको श्रमजीवि वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ४२ वर्षीय रामबाबु यादवलाई वचकर्ताहरुले बुधबार जनकपुर उपमहानगरपालिका ९ वंशीचोकबाट पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका थिए ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेद प्रसाद गौतमका अनुसार बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा पक्राउ परेका सहकारीका अध्यक्ष यादव र वचकर्ताहरुबीच छलफल भएको छ । सहकारी अध्यक्ष यादवले छलफलमै १० हजार रुपैयाँसम्म जम्मा गरेका वचकर्तालाई नगद नै फिर्ता गरेका छन् । त्यो भन्दा माथिको वचकर्तालाई साउन मशान्त भित्र वचत रकम फिर्ता गर्ने लिखित सहमति भएको डिएसपी गौतमले बताए ।
श्रमजीवि वचतका अध्यक्ष यादबले धनुषाको सबैला खरीहानी, ठिल्ला लगायतका गाउका बस्ने ७५० जनाले दैनिक खातामा जम्मा गर्ने खाताबाट बिगत १ वर्ष देखि ५०–६० लाख सम्म रकम लिई फरार भएको थियो ।
यादबलाई पक्राउ गर्नका लागि सबैला, खरीहानी, ठिल्ला गाउबाट ३०० देखि ४०० जना महिला, पुरुषहरु मिलाएर आउँदै गर्दा जनकपुरधाम वडा नं. ९ नजिकबाट एक जनाको घरमा बसेको देखेका बेलामा सो गाउँका महिलाहरुले समातेर प्रहरीको जिम्मा लगाएका छन् ।

















Discussion about this post