nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको बलान बिहुल गाउँपालिकाले ९ महिनामै ५४ लाखको इन्धन र सवारी मर्मतमा ‘स्वाहा’

सजिलो पोस्ट सजिलो पोस्ट
असार ७, २०८०, १०:२९ मध्यान्ह
सप्तरीको बलान बिहुल गाउँपालिकाले ९ महिनामै ५४ लाखको इन्धन र सवारी मर्मतमा ‘स्वाहा’

सप्तरी। सप्तरीको बलान विहुल गाउँपालिकामा ९ महिनामै जनप्रतिनिधिले इन्धन र सवारी मर्मतमा ५४ लाखभन्दा बढी रुपैयाँ खर्च गरेको पाइएको छ ।

प्राप्त विवरणअनुसार गाउँपालिकाले गत साउनदेखि चैत्र २६ गतेसम्ममा सो रकम खर्च गरेको पाइएको हो । उक्त रकममध्ये इन्धनतर्फ पदाधिकारीका लागि १५ लाख, कार्यालय प्रयोजनका लागि २३ लाख ५० हजार, अन्य प्रयोजनका लागि ६४ हजार गरी कुल ३९ लाख १४ हजार रुपैयाँ खर्च गरेको छ ।

जिल्लाको बोदे बरसाइन नगरपालिका–५ स्थित डाक्नेश्वरी भगवती सेन्टरसँग इन्धन आपूर्ति गर्न गाउँपालिकाले सम्झौता गरेको छ । सम्झौताअनुसार गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवको हस्ताक्षर र गाउँपालिकाको छाप लागेको कुपनको आधारमा मात्रै इन्धन (डिजल र पेट्रोल) उपलब्ध हुँदै आएको थियो ।

अध्यक्ष यादवले आवश्यकताभन्दा पनि मनोमानी ढंगले कुपन काटेर गाउँपालिकाको बजेट दोहन गर्दै आएको कर्मचारी श्रोतको दावी छ । ‘जनताका लागि अति आवश्यक रहेको एम्बुलेन्स, वारुणयन्त्र, शववाहन लगायतका सवारी गाउँपालिकामा छैन्’ उनले भने, ‘१८र१९ वटा मोटरसाइकल र एउटा चारपांग्रे सवारी छ, गाउँपालिकालाई भौगोलिक तबरले हेर्दा पनि ती सवारीहरु दैनिक चल्दा समेत त्यति तेल खपत नहुनुपर्ने हो तर अध्यक्ष ज्यूले जनताका लागि काम गर्नेभन्दा पनि आफ्नै विलासितामा होमिनुभएको छ ।’

उनले इन्धन खपत भएको ‘लगबूक’ समेत नराखिएको बताए । ‘उसो त आर्थिक पाटोसँग जोडिएका प्राय जसो सबै विषय कर्मचारीसँगै जोडिएको हुन्छ र फजुल खर्च नियन्त्रण गर्ने दायित्व पनि कर्मचारीकै हो तर इन्धनको ‘कुपन’मा अध्यक्ष ज्यूको मनोमानी छ’ उनले भने, ‘उहाँ आफ्नै निजी सम्पत्ति सरह अन्धाधुन्ध इन्धनको नाममा पैसा सकाइरहनुभएको छ ।’

त्यस्तै, गाउँपालिकामा मर्मततर्फ पनि सोही अवधिमा सवारी साधन मर्मतका लागि १४ लाख ८६ हजार र अन्य मर्मत गरी कुल १४ लाख ९५ हजार रुपैयाँ खर्च गरेको छ । गत माघ १७ गते नै सरकारले वित्त सन्तुलन कायम राख्न इन्धन, मर्मत सम्भार लगायतका शीर्षकमा २० प्रतिशत खर्च कटौती गर्न परिपत्र गरेको थियो । तर, जनप्रतिनिधिले अर्थ मन्त्रालयको सो परिपत्रलाई समेत वेवास्ता गर्दै अचाक्ली खर्च गरेको जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतले इन्धनको ‘कुपन’ काट्ने विषयमा कानून सम्वत् स्पष्ट हुन नसकेको बताए । ‘बाँकी गाउँ कार्यपालिकाबाट भएको निर्णयहरु मान्नैपर्ने हुन्छ’ उनले भने, ‘इन्धनतर्फ अघिल्लो वर्षको केही रकम भुक्तानी गर्न बाँकी थियो, त्यो पनि यसै वर्ष भुक्तानी गरिएकोले बढी रकम खर्चिएको देखिन्छ ।’

उता, गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले उक्त खर्च स्वभाविकै रहेको प्रतिक्रिया दिए । ‘हामीले स्वभाविकै खर्च गरेका छौं तर पछि चैं इन्धनको ‘कुपन’ बन्द गरेका छौं’ उनले भने । नेपाल समाचारपत्रबाट  

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

लियो डिस्ट्रिक्ट ३२५ एफ नेपालको बोर्ड स्कुलिङ्ग र पीभीएसटीएम ट्रेनिङ सम्पन्न

लियो डिस्ट्रिक्ट ३२५ एफ नेपालको बोर्ड स्कुलिङ्ग र पीभीएसटीएम ट्रेनिङ सम्पन्न

जनकपुरधाममा आयोजित मधेश मानव अधिकार सम्मेलनबाट १५ बुँदे घोषणापत्र जारी

जनकपुरधाममा आयोजित मधेश मानव अधिकार सम्मेलनबाट १५ बुँदे घोषणापत्र जारी

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

‘ओ माइ डग’ को रिलिज मिति परिवर्तन

‘ओ माइ डग’ को रिलिज मिति परिवर्तन

नेप्से सीईओका लागि खुल्यो आवेदन, १५ दिनभित्र दरखास्त दिनुपर्ने

नेप्से सीईओका लागि खुल्यो आवेदन, १५ दिनभित्र दरखास्त दिनुपर्ने

पञ्चकन्या माई हाइड्रोपावरका १०.६४ लाखभन्दा बढी शेयर बिक्री गरिने

पञ्चकन्या माई हाइड्रोपावरका १०.६४ लाखभन्दा बढी शेयर बिक्री गरिने

प्रोग्रेशिभ फाइनान्सको २.१८ लाख संस्थापक सेयर बिक्रीमा

प्रोग्रेशिभ फाइनान्सको २.१८ लाख संस्थापक सेयर बिक्रीमा

हलिउडमा भन्दा पहिला नेपालमा प्रदर्शन हुनेछ स्पाइडर म्यानः४

हलिउडमा भन्दा पहिला नेपालमा प्रदर्शन हुनेछ स्पाइडर म्यानः४

माछामा भेटियो दुर्लभ क्यान्सर, त्यो पनि सर्ने खालको, बैज्ञानिक नै चकित

माछामा भेटियो दुर्लभ क्यान्सर, त्यो पनि सर्ने खालको, बैज्ञानिक नै चकित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!