nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वास्तुशास्त्र अनुसार भान्सा कोठा कुन दिशामा र कसरी राख्ने?

सजिलो पोस्ट सजिलो पोस्ट
असार २, २०८०, ८:०७ बिहान
वास्तुशास्त्र अनुसार भान्सा कोठा कुन दिशामा र कसरी राख्ने?

तपाईं घर बनाउँदै हुनुहुन्छ ? अथवा निकट भविष्यमै बनाउने सुरसारमा हुनुहुन्छ ? सामान्यतया जीवनभरमा भएको सबै बचत खर्च गरेर एकपटक बनाइने घर राम्रो, आरामदायी र बलियो हुनु आवश्यक छ। त्यसमा पनि शान्ति महसुस गराउने र समृद्धिदायक भयो सुनमा सुगन्ध हुन्छ। नेपाली समाज भाग्यमा विश्वास गर्छ। शुभ-अशुभको निकै ख्याल गर्छ। त्यसैले घरमा पनि शुभ लक्षणको मेल गराउन सकियो भने मन शान्त रहन्छ, परिवारमा मिलाप रहन्छ। घरमा शुभ लक्षणको मेल कसरी गराउने ? यसका लागि वास्तु शास्त्रले हामीलाई सहयोग गर्छ।

भान्सा अर्थात् किचेन वास्तु शास्त्रमा विविध निर्माणहरुको बारेमा विभिन्न प्रकारका तथ्यहरु वर्णन गरिएको छ । कुनै पनि निर्माण कसरी गर्दा राम्रो हुन्छ भनेर भन्नु नै वास्तु शास्त्रको मूल सिद्धान्त हो ।

आज हामी भान्साघर अर्थात् किचेन घर तथा आवास मा कुन स्थानमा बनाउनु राम्रो हुन्छ भन्ने विषयको चर्चा गर्छौँ । मानिसको शरिर अन्न र पानीको आधारमा नै चल्ने भएकाले भोजन स्वस्थ, शान्त र आनन्दित जीवनको लागि अपरिहार्य मानिन्छ । भोजन या भनौँ खाना यस बिना संसारमा कोही पनि प्राणी जीवित रहन सक्दैन । भोजनको सही व्यालेन्स मिलाउन नसक्दा मानिसहरु बढी अस्वस्थ र तनावमा पर्ने गर्दछन् । एउटै भोजन पनि कसैलाई सुपाच्य र कसैलाई अपाच्य हुने गर्दछ । यस्तो किन हुन्छ त रु वास्तु शास्त्रमा यस्ता विविध विषयहरुलाई समेटिएको छ ।

घर तथा विभिन्न आवासमा भान्साघरलाई पूर्व दक्षिणको दिशा अर्थात् आग्नेय कोणमा राख्नुपर्ने वास्तुको मत रहेको छ । आग्नेय कोण अग्निको स्थान मानिन्छ । त्यसकारण भान्साघरमा आगोको प्रयोग गरिने भएकाले आग्नेय कोणमा भान्सा बनाउनु भनिएको हो । यदि कुनै पनि संरचनामा आग्नेय कोणमा भान्सा घर बनाउन नसकिने अवस्थामा पश्चिम दक्षिणको कुनामा पनि भान्सा घर बनाउन सकिन्छ । पश्चिम दक्षिणको कुनालाई नैऋत्यकोण भनिन्छ । भान्सको लागि नैऋत्यकोण प्रयोग गर्न सकिने भए पनि आग्नेय कोण नै बढी शुभ मानिएको छ ।
भान्सा घरमा खाना बनाउँदा वा कुनै पनि चिज पकाउँदा मिलेसम्म पूर्व फर्केर नै पकाउने गर्नुपर्छ ।

यदी कुनै परिस्थितीका कारण पूर्व फर्कन नमिल्ने अवस्था भएमा भने उत्तर दिशातर्फ फर्केर पनि खाना पकाउन सकिन्छ । आग्नेय कोणमा पूर्व फर्केर पकाएको खानेकुरा खानाले मानिसलाई स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र आयुलाई लामो बनाउने वास्तु शास्त्रको मत रहेको छ । यसरी बनाएको खानालाई पूर्व वा उत्तर तर्फ फर्केर नै खानु राम्रो हुन्छ । पश्चिम फर्केर खाना पकाउनु र खानु लाई सामान्य मानिएको छ । तर दक्षिण तिर फर्केर खाना पकाउनु र खानुलाई निकै अशुभ मानिन्छ । दक्षिण फर्केर बनाएको खानाले स्वास्थ्यमा विभिन्न समस्याहरु आउने गर्दछ । यस्तो खानाले मानिसको आयुलाई पनि कम गराउने शास्त्रहरुको तर्क रहेको छ ।

खाना खाँदा उभिएर कहिल्यै खानु हुँदैन । उभिएर खाना खाने मानिसलाई नशा, प्रेसर, पेट तथा सुगर जस्ता रोगका समस्याहरु हुने गर्दछ । खाएको थालमा हात धुनु र कुल्ला पनि गर्नु हुँदैन । खाएको थालमा हात धुने र कुल्ला गर्नेको सबै संपत्ति नाश भएर जाने शास्त्रहरुको मान्यता रहेको छ । घरमा दरिद्रता नलागोस् भनेर भान्सामा १ गाग्री पानी सँधै राख्नुपर्छ । गाग्रीको पानी भने प्रत्येक दिन परिवर्तन गर्नुपर्दछ । आजभोली सबैको भान्सा कोठामा धारो हुन्छ नै । धारो राख्दा भान्साकोठाको इशान वा पश्चिम दिशामा राख्नु राम्रो हुन्छ भने भान्सा कोठामा ग्याँस चुलो वा पकाउने प्रमुख इन्धनलाई कोठाको आग्नेय कोणमा नै राख्नु राम्रो हुन्छ । भान्सा घर सकेसम्म त आग्नेय कोणमा नै राख्नुपर्छ । यदी कुनै कारणले गर्दा आग्नेय कोणमा राख्न नसकिने अवस्थामा भने आग्नेय कोणमा कुनै घ्यू वा तेलको बत्ती अथवा कुनै इलेक्ट्रिक बल्व बालिदिनाले पनि वास्तु दोष केही हदसम्म कम हुने गर्दछ ।

Tags: ज्योतिष तथा वास्तु विज्ञाण

Discussion about this post

Related Posts

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

चिया उद्योगको संकट समाधान सरकारलाई नारायणकाजीको अनुरोध

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!