जेठ ३१ गते। नेपाली कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहलाई गरेको कारबाही फुकुवा गरेको छ।
गत स्थानीय तहको निर्वाचनमा पार्टीको निर्देशन विपरित जनकपुरधाम उपमहानगरको मेयरमा उम्मेदवारी दिएपछि कांग्रेसले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो।
नेकांको केन्द्रीय अनुशासन समितिले मंगलबार पत्राचार गरी मेयर साहमाथिको कारबाही फुकुवा गर्दै उनको साविकको पदसमेत निरन्तर रहने जानकारी दिएको छ । उनी साबिकमा नगरसमितिका सभापति रहेका थिए । कारबाही फुकुवा भएसंगै मेयर साह नेपाली कांग्रेस जनकपुरधाम उपमहानगर समितिको सभापतिमा निरन्तरता पाएका छन् ।
नेपाली कांग्रेस सहितको गठबन्धनबाट जनता समाजवादी पार्टीका लालकिशोर साहविरूद्ध तत्कालीन कांग्रेसका जनकपुरधाम उपमहानगर सभापति साहले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए।
उनले पुन: पार्टीमा रहेर आफ्ना गतिविधिलाई आत्मसात गर्दै पार्टीको आदर्श सिद्धान्त र उद्देश्य अनुसार क्रियाशील रहने भन्दै निवेदन दिएका थिए।
त्यसपछि साविककै पदलाई निरन्तरता दिँदै केन्द्रीय अनुशासन समितिले उनको कारबाही फुकुवा गरेको कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले जानकारी दिए। मेयर साह कांग्रेस नेता विमलेन्द्र निधि निकट मानिन्छन्।
गत स्थानीय तहको निर्वाचनमा समेत निधिले उनलाई आन्तरिक रूपमा सघाएका थिए।















Discussion about this post