सप्तरी/जेठ २६ गते । सप्तरीको कंचनरुप नगरपालिका र राजगढ गाउँपालिकाको छुट्टाछुटै स्थानमा आगलागि हुँदा लाखौं को क्षति भएको छ ।
बुधबार जिल्लाको कंचनरुप नगरपालिका १ बैरवा टोलमा आगलागि हुँदा एक जलेर नष्ट भएको छ । सो आगलागिमा ३ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानिय अनिल साहको फुसको घरमा अचानक आगलगि हुदाँ घरमा रहेको चामल, गहु, एक थान साईकल र घरमा रहेको लत्ता कपडा, काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगोलाई स्थानियबासि, कंचनरुप नगरपालिकाको दमकल र ईलाका प्रहरी कार्यलय कंचनपुरको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।
यस्तै मंगलबार जिल्लाको राजगढ गाउँपालिका ६ फकिरा टोलस्थित अन्सारुल खाँको परालको टालमा आगलागि भएको छ ।
प्रहरी र स्थानियबासिको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाउँदै आगलागिमा कुनै मानविय तथा चौपाया क्षती नभएको जनाएको छ ।















Discussion about this post