एजेन्सी/जेठ २४ गते । भारतको उत्तर प्रदेशको बस्ती जिल्लामा एक नाबालिगमाथि सामूहिक बला त्कार गरेको आरोपमा दुई जना प क्राउ परेका छन् । बालिकाको सामूहिक बला त्कारपछि ह त्या गरिएको थियो ।
बस्ती प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अभियोग दर्ता भएको २४ घण्टाभित्र दुई जना अभियुक्तलाई पक्राउ गरिएको छ, बाँकी रहेका अन्य अभियुक्तलाई पनि छिट्टै पक्राउ गरी अन्य आवश्यक कानुनी कारबाही गरिने छ ।’
बस्तीका प्रहरी उपरीक्षक गोपालकृष्ण चौधरीले बीबीसीसँगको कुराकानीमा बलात्कार भएको पुष्टि गरेका छन् । हालसम्म दुई जना पक्राउ परेको पनि उनले जानकारी दिए ।
यो घटना जिल्लाको गौर थाना क्षेत्रको हो । सोमबार राति १० बजे नाबालिगको शव फेला परेको थियो । घटनापछि स्थानीयले सडक अवरुद्ध गर्दै दोषीलाई पक्राउ गर्न माग गरेका छन् ।














Discussion about this post