वास्तुशास्त्र प्राचीन विज्ञान हो। वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश। यसर्थ, “वास्तु शास्त्र” भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ । वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ। हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ।
वास्तु शास्त्र अनुसार घर बनाउदा घरका हरेक कुराहरुलाई ध्यानमा राखिन्छ। प्रवेशद्वार, भान्सा, पूजास्थल, पाहुना कोठा आदि सबै भागको बिशेष ध्यान राखिन्छ। यस लेखमा वास्तु शास्त्र अनुसार बनेको घरको कुन भाग कस्तो हुनुपर्छ भन्ने कुराको बिस्तृत जानकारी दिईएको छ।
वास्तु शास्त्र अनुसार बाल बालिको प्रगति र विकासको लागि उनीहरुको कोठा निम्न कुरा ध्यानमा राखी बनाइएको हुनु पर्छ :
बाल बालिका कक्ष
पलंगको अगाडी नै ऐना, कम्प्युटर, टिभी आदि राख्नु हुदैन
बालबालिका कक्ष पश्चिममा हुनु राम्रो मानिन्छ
कोठाको बीच भाग सधै खाली हुनुपर्छ
धेरै चहकिला बत्तीको प्रयोग गर्नुहुदैन
बच्चाको पलंगलाई दक्षिण-पूर्व भागमा राख्नु उचित हुन्छ
सुत्दा खेरि टाउको पूर्व कि दक्षिण फर्किएको हुनुपर्छ
(जन्मकुण्डली र हस्तरेखामा आधारित सफल सटिक भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आएका ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सकिन्छ।)
Discussion about this post