धनुषा/बैशाख २५ गते।धनुषामा टिपरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृ त्यु भएको छ।
धनुषाको मिथिला नगरपालिका ४ जगदेव पुलमा सोमबार टिपरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृ त्यु भएको हो । मृ त्यु हुनेमा धनुषाकै कमला नगरपालिका २ का २२ वर्षीय दिपु यादव छन् ।
यादवलाई ढल्केबर अस्पताल पुर्याउनासाथ डाक्टरले मृ त घोषणा गरेका थिए । सिरहाबाट महोत्तरीतर्फ जाँदै गरेको लु १ क १७६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको मधेश प्रदेश ०२ ००६ प ६५२७ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।
दुर्घटनापश्चात फ रार रहेका टिपर चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धनुषाले जनाएको छ ।














Discussion about this post