सप्तरी/बैशाख २२ गते । सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका २ सकरदही पुल नजिकै बिहीबार विंगरले एक बालकलाई ठक्कर दिदा बालक घाइते भएको छ ।
राजबिराज भारदह सडक खण्डमा राजबिराजबाट बिराटनगरतर्फ जाँदै गरेको को.१ज.२५०५ न. को बिङगरले बाटो काट्ने क्रममा पैदल यात्री स्थानिय पिन्टु गोइतका ८ वर्षिय छोरा आर्यान गोइतलाई ठक्कर दिएको हो ।
ठक्करबाट बालकको टाउको, बायाँ घुडामा चोट लागेकोले भारदह अस्पतालमा उपचार भइरहेको तथा गाडी र चालक इलाका प्रहरी कार्यालय भारदहको नियन्त्रमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।














Discussion about this post