बैशाख २१ गते । सप्तरीमा कंचनरुप १० बदगामास्थित पुर्व पश्चिम लोकमार्गमा एक मोटरसाइकलले अर्को मोटरसाइकललाई ठक्कर दिँदा दुबैका चालक घाइते भएका छन् ।
पश्चिमबाट पुर्वतर्फ जादै गरेकोको प्र.१–०२–०५० प.६३६३ नं. को मोटरसाइकलले सोही दिशा तर्फ जादै गरेको को.८प.९६३९ नं. को मोटरसाइकललाई ओभर टेक गर्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट प्र.१–०२–०५० प.६३६३ नं. को मोटरसाइकल चालक कंचनरुप ६ बस्ने ३५ वर्षिय एगेश राज शर्मा र को.८प.९६३९ नं. को मोटरसाइकल चालक वडा नं. १० बदगामा बस्ने ३५ वर्षिय भरत प्रसाद गुप्ता घाइते भएका हुन् ।घाइते दुबै जनालाई उपचारका लागि धरान घोपा अस्पतात तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।














Discussion about this post