सप्तरी/बैशाख १३ गते । सप्तरीको पुर्व पश्चिम राजमार्गमा रुपनी गाउँपालिका १ स्थित विंगरले यात्रु ओराल्ने क्रममा एक महिला यात्रु लडेर घाइते भएकी छिन् ।
राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जादै गरेको ना.१ज.८६८२ नं.को विंगरले यात्रु ओराल्ने क्रममा स्थानिय ७० वर्षिया सुगावति देवी चौधरी लडेर घाइते भएको प्रहरीले जनाएको छ ।
उनको दुबै हात र अनुहारमा चोट लागेपछि न्यान्सी अस्पताल जन्डोल महुलीमा उपचारका भर्ना गरिएको छ । प्रहरीले विंगर र चालक खडक नगरपालिका ६ निवासी अरुण कुमार पसवानलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।














Discussion about this post