महोत्तरी/बैशाख ११ गते। महोत्तरीको बर्दिवास-जलेश्वर सडक खण्डको औरहीमा आज भएको सडक दुर्घटनामा परी एकजनाकाे मृ त्यु भएकाे छ ।
मृ त्यु हुनेमा औरही नगरपालिका १ बस्ने ५५ वर्षीय राजेन्द्र यादव रहेका छन् । साइकल यात्री यादवलाई औरही १ सडकखण्डमा बजार नजिक रहेको पेट्रोल पम्प नजिक विपरीत दिशाबाट आइरहेको ना.२ क.२७९ नं.को टिफरको एउटा चक्का खुलेर ठाेक्किएको थियो । टिफरको चक्काले ठक्कर लाग्दा साइकल यात्री यादव घाईते गम्भिर भएका थिए।
यादवलाई टाउको सहित शरीरको बिभिन्न भागमा चोट पटक लागेको थियो । घाइते यादवको बर्दिवास जिल्ला अस्पतालमा उपचारको क्रममा मृ त्यु भएको प्रहरीले जनाएको छ।
यता टिफर र चालक धनुषा मिथिला नगरपालिका ४ बस्ने अरुण मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।














Discussion about this post