सिरहा/वैशाख ४ गते । सिरहाको भगवानपुर सडखण्डमा अन्तर्गत परियारपुर चोक नजिक दुईवटा मोटरसाइकल एकापसमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृ त्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

लहानबाट भगवानपुर तर्फ जाँदै गरेको मोटर साइकल र लहान तर्फ आउँदै गरेको मोटरसाइकल एकापसमा स्थानिय परियारपुर चोकदेखि करिब ५० मीटर उत्तर सडकमा ठोकिएर दुघर्टना हुँदा सखुवानकारकट्टी ४ का करीब २५ वर्षिय अमित पसमानको लहान अस्पतालमा उपचारका क्रममा मृ त्यु भएको छ भने अर्का घाइते सचिन पासमानको उपचार भइरहेको छ ।

बेलुका करिब सावा ६ बजे बेलुका भएको दुर्घटनामा परी सप्तरी मौवाहाका ४५ वर्षीय शिवकुमार यादव , ३०वर्षीय पवित्रा देवी यादव , १० वर्षिय सुशान्त कुमार यादव सख्त घाइते भएका थिए । घाइते सबैलाई स्थानिय सप्तऋषि अस्पताल पुर्याइएको थियो तर अवस्था गम्भीर भएको हुनाले करिब ८.४५ बजे विराटनगर रेफर गरीएको छ । प्रत्यक्ष दर्शिकाअनुसार दुई बाइकमा ३/३ जना सवार रहेका थिए । घाइते लाई सप्तऋषि अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगर लागिएको छ।
इलाका प्रहरी लहानका टोली अस्पताल पुगेर थप विवरण लिइरहेको छ भने तत्काल अस्पताल पुगेर संकलन विवरण अनुसार यो सामाचार तयार पारिएको छ । थप अनुसन्धान भईरहेको इलाका प्रहरी लहानले जनाएको छ ।














Discussion about this post