सप्तरी/चैत २७ गते । सप्तरीको राजविराज वडा नं. ६ नेता चौकमा उतरबाट दक्षिणतर्फ आउदै गरेको स.१ज.३१० नं.को म्याजिकले सोही दिशा तर्फबाट आउदै गरेको साईकल यात्रिलाई ठक्कर दिएको छ ।
ठक्करबाट राजविराज ११ झल्ही निवासी ४० वर्षिया धनेश्वरी देवीलाई पछाडीबाट ठक्कर दिँदा उनको टाउँको, ढाड र दाहिने खुट्टामा चोट लागेको छ । उनको गजेन्द्र नारायण सिँह अस्पताल राजविराजमा उपचार भईरहेको तथा उपचारमा म्याजिक चालक राजविराज वडा नं. ११ सखुवा बस्ने ३६ वर्षिय रामचन्द्र मोचि संलग्न रहेको प्रहरीले जनाएको छ ।














Discussion about this post