बारा/फागुन ३० गते । बाराको देवताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत वकिल पाललाई आफ्नै क्वाटरमा थुनेर निजी चालक फ रार भएका छन् ।
कलैया उपमहानगरपालिका–४ मा रहेको क्वाटरभित्र सपरिवार बस्दै आएका पाललाई मङ्गलवार बिहान बाहिरबाट ताला लगाएर चालक फ रार भएका हुन् ।
चालकले क्वाटरको मूल ढोका र भित्री फ्ल्याटमा समेत अलगअलग दुई वटा ताल्चा लगाइएको प्रमुख प्रशासकीय अधिकृत पालले बताए ।
आफ्नै ड्राइभरले ताला लगाएको भन्ने विस्तृत जानकारी आएको छैन । यस बारे बुझ्ने र दोषीलाई कारबाही गर्ने बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।
प्रमुख प्रशासकीय अधिकृत पाल विवादित व्यक्ति हुन् । उनीमाथि विभिन्न समयमा किर्ते हस्ताक्षर गरेको आरोप लाग्दै आइरहेको छ ।














Discussion about this post