सप्तरी/फागुन २४ गते । सप्तरीमा हुलाकी सडक खण्डमा अटो आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृ त्यु भएको छ ।
बुधबार सप्तरीको बिष्णुपुर गाउँपालिका १ जमुनी स्थितमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ३ स ९६३० नं.को अटो दुर्घटना हुँदा खडक नगरपालिका ८ बिसनपुर बस्ने ४० वर्षीया आमना खातुनको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
अटो दुर्घटना हुँदा ६ जना सवार रहेकोमा खातुनको शरीरको विभिन्न भागमा चोट लागी बेहोस भएकोमा उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरीमा पुर्याइएकोमा चिकित्सकले मृ त घोषणा गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
लास सोही अस्पतालको श व गृहमा सुरक्षित राखिएको र अर्का घाइते भएका बिष्णुपुर गाउँपालिका ६ कटिटोल बस्ने ५५ वर्षीय लक्ष्मि रामको उपचार भइरहेको उनले बताए ।















Discussion about this post