जनकपुरधाम/फागुन २३ गते । जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक परिक्रमा यात्री महिलाको मृ त्यु भएको छ ।
मृ त्युु हुनेमा सिरहाको कर्जन्हा नगरपालिका ७ प्रेमनगर बस्ने ६५ वर्षीया ईश्वर देवी राय छन् रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार आज बिहान साढे ६ बजेको समयमा जनकपुर- ढल्केबर सडक खण्ड अन्तर्गत मुजेलियामा बाटो क्रस गरिरहेकी पैदल यात्री महिलालाई ज ६ प २२१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । उनको उपचारको क्रममा प्रादेशिक अस्पतालमा साढे ७ बजे मृ त्यु भएको प्रहरीले जनाएको छ ।
श व पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ । मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
















Discussion about this post