जनकपुरधाम/फागुन २० गते । धनुषाको जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनियाँमा ट्याक्टरले मोटरसाइकलमा ठक्कर दिँदा दुईजनाको मृ त्यु भएको छ।

जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनियाँमा शनिबार राति करिब ९ बजे ज १ त ५२४५ नम्बरको ट्याक्टरमा ज १० प ६४२९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
मृ त्यु हुनेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ सपही बस्ने वर्ष ४५ का रामएकवाल ठाकुर र वर्ष ६० का सत्यनारायण साह रहेको प्रहरीले जनाएको छ । दुबैजनाको श व पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

















Discussion about this post