महोत्तरी/फागुन १६ गते । महोत्तरीको बलवा नगरपालिका–१० मा गए राति मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा भारत विहार राज्यको मधुबनी जिल्लाको साहरघाट ग्रामपञ्चायत बस्ने ६७ वर्षीय प्रेमलाल महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिए ।
बलवा–१० को धमौराबाट बनौटा जाँदै गरेको प्र२–०२–००२प ३३७२ नं.को मोटरसाइकलले बाटो काट्दै गरेका महतोलाई ठक्कर दिएको थियो । उपचारार्थ बर्दिबासस्थित ट्रमा सेन्टरमा लगिएकामा उपचारका क्रममा उनको आज बिहान मृ त्यु भएको हो ।
मोटरसाइकल चालक २२ वर्षीय कृष्ण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । रासस














Discussion about this post