सिरहा/फागुन ९ गते। सिरहाको मिर्चैयामा टिपरको ठक्करबाट एक महिलाको मृ त्यु भएको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिका १ जिवा पुलमा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको मधेश प्रदेश–०१–००१ क ०२५२ नम्वरको टिफरले ठक्करदिंदा आज मंगलबार विहान पैदलयात्रि करिव ५५ वर्षिय अपरिचित महिलाको मृ त्यु भएको हो।
टिफरको ठक्करबाट शरिरको सम्पुर्ण भागमा चोट लागि गम्भिर घाईते भएका महिलालाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा लैजाने क्रममा बाटोमै मृ त्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरिकृष्ण केसीले जानकारी दिए।
प्रहरीका अनुसार सख्त घाइते उनलाई उपचारको लागि प्रादेशीक अस्पताल सिरहा पठाईएपनि अस्पताल पुग्दा उनको मृ त्यु भएको अस्पतालले जनाए।
ठक्करदिने टिपर र त्यसका चाललकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। श व अहिले प्रादेशीक अस्पताल सिरहामा नै रहेको प्रहरीले जनाएको छ।
















Discussion about this post