माघ २७ गते। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको फागुन १९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान साढे १० बजेबाट सुरु हुनेछ ।
सभामा यस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १५% बोनस सेयर र ६.०५२ % नगद (कर सहित) गरी कुल २१.०५२% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । सेयर संरचना परिमार्जन गरी ६०% संस्थापक सेयर र सर्वसाधारण सेयर ४०% कायम गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ । साधारण सभा प्रयोजनका लागि संस्थाले फागुन १० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन ९ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।














Discussion about this post