nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

‘बैंक पनि डुब्ने दिन धेरै टाढा छैन’

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १७, २०७९, १२:४७ मध्यान्ह
‘बैंक पनि डुब्ने दिन धेरै टाढा छैन’

नेपालको व्यापार प्रणालीमा लेनदेनका विभिन्न प्रकार छन् । पहिलो व्यापारमा हुने लेनदेनको कागज हुन्छ । अर्को व्यापारमा उधारो करारको सम्झौता हुन्छ भने तेस्रो भनेको ऋणको करार हो । सामान्यतया नेपालको प्रचलनमा यस्तो करार तीन महिनाको हुन्छ । तीन महिनामा पैसा दिइएन भने त्यो करारको दुरुपयोग भएको मानिन्छ ।

व्यावसायिक कारोबारको उधारो करार भने शर्त सहितको र शर्त विनाको हुन्छ । जस्तै बिक्री भएपछि उत्पादकलाई व्यवसायीले पैसा तिर्ने वा सामान बिक्री भए पनि नभए पनि पैसा तिर्ने भन्ने सम्झौताका प्रकारहरू हुन्छन् । जस्तै सामान किनेको २० दिनमा सामान फिर्ता गर्दा पैसा फिर्ता हुन्छ । वा २० दिनमा फिर्ता नगरे पूरै रकम तिर्नुपर्छ ।

अर्को भनेको नेपालमा कागज गरेर गरिने लेनदेन हो । यस्तो सम्झौता मुलुकी संहिता अनुसारको लेनदेनको कागज हो । यसमा पैसा लिने र दिनेबीच सम्झौता हुन्छ । यो सबै प्रक्रिया सहज आर्थिक अवस्थामा विना विवाद हुने गर्छ ।

तर, नेपालमा अहिले यी सबै प्रक्रिया बिग्रिएका छन् । मानिसहरू उधारो नतिर्ने, तिर्न नसक्ने अवस्था सृजना भएको छ । अर्कोतिर बैंक ऋण समेत नउठ्ने समस्या सृजना भएको छ । उधारो उठाउनकै लागि त अन्तर्राष्ट्रिय कानुन हेरेर कानुन बनाउन सकिन्छ । तर, उत्पादन गर्न नसकिएको र खपत रोकिएर भएको संकटलाई अर्थशास्त्रको भाषामा ‘क्रेडिट डिफल्ट’ देखिएको भनिन्छ । जसलाई आर्थिक र मौद्रिक नीतिमार्फत नै सम्बोधन गरिनुपर्छ ।

यो सबै हुनुको कारण अहिले बजारमा खपत नै नभएर हो । उत्पादक, वितरक र उद्योगले बैंक वा अन्य कुनै पनि ठाउँबाट ऋण लिएर अहिले उत्पादन त गरिरहेका छन् तर, सामान बेच्न नसकेपछि बजारमा उसको पुरानो पैसा पनि उठेको छैन । नयाँ उत्पादन गर्न पनि सकिने अवस्था छैन । यस्तो अवस्थामा उत्पादक/व्यापारीहरू ऋण वा उधारोमा परेका छन् ।

अब बैंकसँगको कारोबार बिग्रिएपछि अहिले व्यापारीहरू कालोसूचीमा परिरहेका छन् । कालोसूचीमा परेपछि उसको सबै कारोबार रोक्का हुन्छ । यस्तो अवस्थामा न बैंकबाट पैसा लिन सकिन्छ न बजारबाट पैसा उठ्छ । अब कर्मचारीलाई तलब पनि दिन नसक्ने अवस्था सृजना हुन्छ । अहिले धेरै उद्योग, प्रतिष्ठानमा यो अवस्था सृजना भएको छ । यसलाई भनिन्छ, आर्थिक मन्दी ।

अहिले छोटो समयमै निकै धेरै उद्योगी–व्यवसायीहरू कालोसूचीमा परेका छन् । यो यसैगरी बढ्दै गयो भने एक दिन भएभरका सबै उद्योग र व्यवसाय कालोसूचीमा पर्नेछन् । बैंकहरूले भएभरका व्यापारीलाई कालोसूचीमा पार्दै जाने र उसको सम्पत्ति लिलामी गर्दै जाने हो भने सबै सम्पत्ति बैंकको नाममा हुने अवस्था आउँछ ।

अहिले साना उद्योगपतिहरू यस्तो समस्याबाट धेरै मात्रामा पीडित छन् । यो सबै क्षेत्रमा पर्दैछ । अहिले नेपाल गम्भीर आर्थिक मन्दीको पूर्व सन्नाटाको अवस्थामा छ । विश्वभर मन्दी आउँदा बैंकहरू पनि प्रभावित हुन्छन् तर नेपालमा भने राष्ट्र बैंकले बैंकहरूलाई निकै राम्रो सुरक्षा दिएको छ । आर्थिक मन्दी अनि यस्तो समस्याको भागीदार उद्योगी र व्यवसायी मात्रै हुने भन्ने संसारमा कतै हुन्न । यसले एकदिन बैंक पनि गम्भीर संकटमा पर्ने देखिन्छ ।

अहिले व्यवसायीहरू संकटमा भएको बेला बैंकले ब्याजदर बढाएर दोब्बर बनाएको छ । ८ प्रतिशत ब्याजदरमा लिएको ऋणको ब्याज १६ प्रतिशतसम्म पुग्दा उत्पादन नभएको बेला उद्योगहरू कसरी बाँच्छन् ? यो गम्भीर समय आएको छ । व्यवसायीलाई कालोसूचीमा राखेकोमा खुसी भएका बैंकहरू एकदिन डुब्छन् । सरकार र राष्ट्र बैंक र सबै निकाय मिलेर तत्काल श्वेत पत्र जारी गर्नुपर्छ । समाधानको उपाय निकाल्नुपर्छ । ब्याजदर घटाउनुपर्छ ।

राष्ट्र बैंकले बैंकहरूलाई धेरै सुरक्षा दिएका कारण आफ्नो पैसाको आश्यकताका लागि व्यापारीहरू मिटर ब्याजमा गएका छन् । त्यसले उनीहरूलाई झनै ठूलो संकटमा पार्नेछ । महासंकट अब आउँदैछ । बैंकको ऋण व्यवसायीले तिर्न नसक्नुमा व्यापारी मात्रै कारण हो भनेर बुझियो भने दुर्घटना हुन्छ ।

ठूलो संकटको लक्षण देखिएको छ । हुरी आउनुअघिको सन्नाटामा अर्थतन्त्रलाई जोगाउन सरकार, राष्ट्र बैंक र निजी क्षेत्र मिलर नयाँ सम्भावनाको खोजी गरिनुपर्छ । सारमा भन्नु पर्दा बजारमा उधारो व्यापक देखिए पनि यो भनेको बजारमा पैसा नभएका कारण सिर्जना भएको मागको आपूर्तिको खतीले हो ।

(वाणिज्य र अन्तर्राष्ट्रिय कानुनका ज्ञाता वरिष्ठ अधिवक्ता पण्डितसँग अनलाइनखबरका नवीन ढुंगानाले गरेको कुराकानीमा आधारित ।)

Tags: बैंक तथा बित्त

Discussion about this post

Related Posts

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!