माघ १२ गते। सप्तरी छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक (डोम) रूखमा झु न्डिएको अवस्थामा फेला परेका छन् ।
मृ तकका परिवारले सहकारी संस्थाबाट लिएको १ लाख रुपैयाँ ऋणको किस्ता तिर्न नसक्दा रामदेवले आ त्मह त्या गरेको बताएका छन् ।
सोमबार राति खाना खाएर सुतेका उनी घरभन्दा करिब ३ सय मिटर दक्षिण–पश्चिममा रहेको आँपको रूखमा झु न्डिएको अवस्थामा मृ त भेटिएका थिए । परिवारका अनुसार दुईवटा सहकारी संस्थाबाट गरी एक लाख रुपैयाँ ऋण लिएका उनी किस्ता तिर्न नसक्दा तनावमा थिए ।
पछिल्लो पटक गत ९ गते किस्ता तिर्ने बेला भइसक्दा समेत पैसाको जोहो हुन सकेको थिएन । गत सोमबार समूहको बैठकमा नगएपछि संस्थाका कर्मचारी र समूहका सदस्य किस्ता लिन घरमै आएका थिए । सोही तनावले नै रामदेवले आ त्मह त्याको बाटो रोजेको श्रीमती उर्मिलादेवीको दाबी छ । मृ तक रामदेवका श्रीमती र दुई छोरा छन् । साभार स्रोत-Banking khabar online बाट














Discussion about this post