nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

२५ लघुवित्तले लाभांश घोषणा: ७ लघुवित्तले एजिएम सम्पन्न गर्दा १५ को अझै अन्यौल, यस्तो छ कारण !

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २, २०७९, ९:४९ मध्यान्ह
२५ लघुवित्तले लाभांश घोषणा: ७ लघुवित्तले एजिएम सम्पन्न गर्दा १५ को अझै अन्यौल, यस्तो छ कारण !

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । वित्तीय कम्पनीहरुले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको घोषणा गरेका हुन् ।

हालसम्म अधिकांश बैंकहरुले लाभांश घोषणा गरि सेयरधनीलाई वितरण गरिसकेको छन् । कतिपयले पारित गर्न साधारण सभा आव्हान गरेका छन् । तर, लाभांश घोषणा गर्न भने धेरै लघुवित्त वित्तीय कम्पनीहरु बाँकी देखिएका छन् ।

हालसम्म २ दर्जन बढी लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई प्रतिफल दिने घोषणा गरेका हुन् । हालसम्म ७ लघुवित्तहरुले आफ्ना वार्षिक साधारण सभा सम्पन्न गरी सकेका छन् भने ३ लघुवित्तहरुले आव्हान गरेका छन् । जसमा १५ लघुवित्तहरुले अझै वार्षिक साधारण सभा बोलान सकेको छैन । आर्थिक वष समाप्त भएको ६ महिना भित्र साधारण सभा गरी सक्नु पर्ने भए पनि अहिलेसम्म ७ लघुवित्तले मात्र सभा सम्पन्न गरेका हुन । अन्य लघुवित्तहरु अझै अन्यौलमा छन् ।

बैंक वित्तीय संस्था सहित लघुवित्तहरुले पनि लाभांश घोषणा तथा साधारणसभा गर्नलाई नेपाल राष्ट्र बैंकको अनुमति माग्नु पर्ने हुन्छ । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति नदिएकाले लघुवित्त वित्तीय संस्थाहरुले पुष मसान्तसम्म पनि साधारणसभा गर्न नसकेका हुन् ।

यता नेपाल राष्ट्र बेंक भने लघुवित्त वित्तीय संस्थाहरुले नियम विपरित बढी शुल्क लिएको र त्यस्तो शुल्क फिर्ता गर्ने प्रतिबद्धता नगरेकाले स्वीकृत नगरेको बताउदैं आइरहेको छ । लघुवित्तहरु भने आफुले कुनै पनि बढी शुल्क नलिएको दाबि गर्दै आइरहेका छन् । निर्देशिकामा नभएको व्यवस्था देखाएर राष्ट्र बैंकले आफु माथि दादागिरी गरेर प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लगाउन खोजेको आरोप लघुवित्त प्रमुख कार्यकारी अधिकृतहरु बताउछन् ।

अहिलेसम्म २५ लघुवित्तहरुले लाभांश घोषण गरी सकेका छन् ।

लाभांश घोषणा गरेका तर साधारण सभा बोलाउन नसकेका लघुवित्त

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरि कुल ४३ करोड ९० लाख ५ हजार रुपैयाँ लाभांश वितरण गर्ने भएको हो ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडल ४७.५ प्रतिशत बोनस र २.५ प्रतिशत नगद (कर प्रयोजनं) गरी कुल ५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत बोनस र ११.०५६३२ प्रतिशत नगद (कर प्रयोजन) का लागि गरी कुल २१.०५२६३२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर प्रयोजनं) गरी कुल २५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

स्वारोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २२ प्रतिशत बोनस र १.१५७९ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको हो ।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २२ प्रतिशत बोनस र ३.२६ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको हो ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनस र ६.०५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको हहो ।

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको हो ।

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९४७३६८१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत बोनस दिने निर्णय गरेको हो ।

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडल १९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सर्पोर्ट लघुवित्त वित्तीय संस्थाले ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५७८९४७३७ प्रतिशत लाभांश दिने भएको हो ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ७३ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनका लागि ३.८४२१ प्रतिशत नगद लाभांश दिने भएको हो ।

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले २६ प्रतिशत बोनस र १.३६८४ प्रतिशत नगद लाभांश गरी कुल २७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २६ प्रतिशत बोनस र १.३६८४ प्रतिशत नगद लाभांश गरी कुल २७.३६८४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

साधारण सभा बोलाएका लघुवित्त

नेरुडे लघुवित्त वित्तीय संस्थाले २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगद गरि कुल २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । कम्पनीले उक्त प्रस्ताव पारितका लागि माघ २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले माघ १७ गते बुक क्लोज गर्दै छ ।

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद (कर प्रयोजन) गरी कुल ३१.५८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीको छ्रैटो वार्षिक साधारण सभा माघ १३ गतेका लागि बोलाएको हो । कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ ३ गते बुक क्लोज गर्दै छ ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसका लागि कम्पनीले माघ ६ गते वार्षिक साधारण सभा बोलाएको छ । जसका लागि कम्पनीले पुष २२ गते बुक क्लोज गरी सकेको छ ।

साधारण सभा सम्पन्न गरेका लघुवित्त

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद (कर प्रयोजन) लागि गरी कुल ३१.५८ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । उक्त प्रस्ताव पुष ३० गते बसेको वार्षिक साधारण सभाले पारित गरी सकेको छ ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको थियोे । कम्पनीले पुष ३० गते वार्षिक साधारण सभा लाभांश पारिद गर्दै सम्पन्न भइ सकेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ प्रतिशत बोनस र ०.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । कम्पनीले पुष ३० गते वार्षिक साधारण सभा सम्पन्न गरी सकेको छ ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश (नगद लाभांश तथा बोनस सेयरमा लाग्नेकर समेतका लागि ) दिने भएको हो । कम्पनीले पुष ३० गते वार्षिक साधारण सभा सम्पन्न गरी सकेको छ ।

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ प्रतिशत बोनस र १ प्रतिशत नगद (कर प्रयोजन) गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले पुष ३० गते वार्षिक साधारण सभा सम्पन्न गरी सकेको छ ।

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले पुष २९ गते वार्षिक साधारण सभा सम्पन्न गरी सकेको छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले २३ प्रतिशत बोनस सेयर मात्रै वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७÷७८ मा मर्जर तथा प्राप्ति कार्य सम्पन्न गरि दुई संस्था प्राप्ति गरि एकीकृत कारोबार सुरु गरेकाले आयकर ऐन २०५८ बमोजिम सेयरधनीलाई बोनस वितरण गर्दा कर नलाग्ने भएकाले नगद लाभांश नदिने भएको हो । कम्पनीले पुष ३० गते वार्षिक साधारण सभा सम्पन्न गरी सकेको छ ।

साभार स्रोत-अर्थपथ अनलाईन बाट

Tags: बैंक तथा बित्त

Discussion about this post

Related Posts

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!