काठमाडौं /पुस १ गते। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।
नेपाल आयल निगमलाइ आइओसीले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो । नयाँ मूल्यसूची अनुसार डिजेल र पेट्रोलको भाउ घटेर आएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ र डिजेल १२ रुपैयाँले घटेर आएको निगम स्रोतले जनाएको छ ।
यसअघि मूल्य घटेर आउँदा पनि घाटा पूर्ति नभएको भन्दै निगमले मूल्य घटाएको छैन ।
इन्धनको मूल्य नघटाउँदा निगमलाई अब पेट्रोलमा प्रतिलिटर करिब २० रूपैयाँ र डिजेलमा करिब १३ रूपैयाँ नाफा छ । निगमले आईओसीलाई करिब १३ अर्ब रूपैयाँ बक्यौता बुझाउन बाँकी छ भने सरकारलाई बुझाउनुपर्ने ऋण रकम ७ अर्ब रूपैयाँ रहेको जनाएको छ ।




















Discussion about this post