तोरण बहादुर बस्नेत
लघुवित्तकर्मी
पृष्ठभूमि
विश्वको सबैभन्दा लामो प्राकृतिक समुन्द्रको किनार भएको दक्षिण एसियामा अवस्थित देश हो बंगलादेश । १ लाख ४८ हजार ४ सय ६० वर्गकिलोमिटर क्षेत्रफल भएको बंगलादेशमा १६ करोड ६१ लाख ५८ हजार ६ सय १६ जना मानिसहरु वसोवास गर्दछन् । त्यहाँको प्रमुख पेशा व्यवसाय भनेको कृषि,उद्योग र सेवा क्षेत्र हुन् ।
बैंकिङ क्षेत्रमा लघुवित्त विधा सबैभन्दा पछिल्लो चरणमा आएको विधा तथा क्षेत्र हो । विषेश गरि लघुवित्तका पिता समेत भनेर चिनिने बंगलादेशका प्रोफेसर डा. मोहम्मद युनुसले सन् २००६ मा नोवेल पुरस्कार प्राप्त गरेपछि यो लघुवित्त विधाले अविकसित र विकाशिल देशहरुमा व्यापक चर्चा परिचर्चा तथा महत्व पाएको हो ।
अनौपचारिक रुपमा विश्वमा लघुवित्त कार्याक्रम विविध स्वरुपमा पहिलेदेखिनैै सञ्चालनका आएतापनि बंगलादेशमा सन् १९७६ मा प्राध्यापक मोहम्मद युनुसले अनुसन्धान गरि सन् १९८३ मा ग्रामीण बैंकको स्थापना भए पश्चात औपचारिक रुपमा शुरु भएको हो भने हाल बंगलादेशमा ५९९ वटा संस्थाले लघुवित्त कार्याक्रम सञ्चालन गर्न अनुमति लिई करिव ३ करोड विपन्न वर्गका समुदायका सदश्यहरुलाई प्रत्यक्ष लघुवित्त सेवा प्रदान भएको देखिन्छ भने जशको नियमन तथा सुपरिवेक्षण बंगालादेशको केन्द्रीय बैंक अन्तर्गत Microcredit Regulatory Authority(MRA) ले गर्दै आएको छ भने ग्रामिण बैंकको Grameen Bank Ordiance1983 अनुसार सञ्चालित छ।
बंगलादेशको लघुवित्त नियमनकारी निकाय Microcredit Regulatory Authority (MRA) ले कर्जाको व्याजदर अधिकतम २७% तोकेता पनि कर्जाको प्रकार अनुसार निम्न व्याजदर रहेको छ ।
बंगलादेशको ग्रामीण बैंकको September 6,2022 सम्मको मासिक रिर्पोट
S.N. | Particulars | In million BDT |
1 | Member | 10157590 |
2 | Outstanding Loans | 146717.97 |
3 | Saving | 233168.91 |
4 | Overdue Loan | 3279.59 |
5 | Rate of Recovery | 97.44% |
6 | Beggar Member | 83342 |
7 | Scholarship | 333667 |
8 | Scholarship Amount | 653.9 |
9 | Number of Centers | 135520 |
10 | Number of Villages | 81678 |
11 | Number of staffs | 18184 |
12 | Number of Branches |
बंगालादेशमा लघुवित्तले प्रदान गर्ने सेवाहरु
१. कर्जा सेवा
बंगलादेशको लघुवित्त नियमनकारी निकाय Microcredit Regulatory Authority(MRA) ले कर्जाको व्याजदर अधिकतम २७% तोकेता पनि कर्जाको प्रकार अनुसार निम्न व्याजदर रहेको छ ।
S. N. | Type of Loan | Interest Rate |
1 | Basic loan | 20-25% |
2 | Micro-enterprise loan | 20-25% |
3 | Housing loan | 8% |
4 | Higher Education loan | 5% |
5 | Struggling( Beggar) loan | 0% |
6 | Center house construction loan | 0% |
२. बचत सेवा
S.N. | Type of Saving | Interest Rate |
1 | Individual saving | 4-5% |
2 | Fixed saving | 6-8% |
3 | Pension saving | 6-12% |
३.कर्जा बीमा सेवा
लघुवित्तको देश बंगलादेशबाट प्रतिपादित चर्चित मोडेल हाल विश्वका ६ महादेशका नेपालसहित १७५ देशमा यो मोडेल अनुसार लघुवित्त कार्याक्रहरु सञ्चालन भइरहेका छन् । मोडेल एउटै भएपनि कार्यक्रमको प्रकृती फरक रहेको पाइन्छ जसलाई निम्न शिर्षकमा उल्लेख गरिएको छ ।
केन्द्र स्थापना गरि हरेक महिना अनिवार्य घरदैलोमा गई स्वास्थ्य सेवा उपलव्ध गराईरहेका छन् । यसका साथै औसधी खरिद खर्चको लागि २००० टाका र भर्नाभई उपचार गराएमा सोहि अनुशार खर्च उपलव्ध गराईरहेका छन् ।
४. स्वास्थ्य कार्यक्रम
स्वास्थ्य कार्याक्रम अन्र्तगत त्यहाँका लघुवित्तले आफ्नो सेवा क्षेत्रका समुदाय र सदश्यका लागि विशेषज्ञ सहितको स्वास्थ्य केन्द्र स्थापना गरि हरेक महिना अनिवार्य घरदैलोमा गई स्वास्थ्य सेवा उपलव्ध गराईरहेका छन् । यसका साथै औसधी खरिद खर्चको लागि २००० टाका र भर्नाभई उपचार गराएमा सोहि अनुशार खर्च उपलव्ध गराईरहेका छन् ।
५. शैक्षिक कार्याक्रम
गरिव विपन्न वर्गका छोराछारी लाई शिक्षाको स्तर हेरी हरेक महिना १५० देखि ५०० टाका सम्म छात्रवृद्धिको व्यवस्था गरिएको छ जसका कारण गरिव जेहेन्दार विद्यार्थीलाई शिक्षा प्राप्तिमा मद्धत पुगेको छ भने त्यस्तै बालश्रम, गरिव, स्कूल जान नसकेका तथा औपचाकि शिक्षाबाट वञ्चित बालबालिकाहरुलाई उनीहरुको टोलमा नै प्रौढ शिक्षाको व्यवस्था गरि साक्षर अभियान सञ्चानल गरिरहेका छन् ।
स्वास्थ्य कार्याक्रम अन्र्तगत त्यहाँका लघुवित्तले आफ्नो सेवा क्षेत्रका समुदाय र सदश्यका लागि विशेषज्ञ सहितको स्वास्थ्य केन्द्र स्थापना गरि हरेक महिना अनिवार्य घरदैलोमा गई स्वास्थ्य सेवा उपलव्ध गराईरहेका छन् । यसका साथै औसधी खरिद खर्चको लागि २००० टाका र भर्नाभई उपचार गराएमा सोहि अनुशार खर्च उपलव्ध गराईरहेका छन् ।
त्यहाँका लघुवित्तहरुले सामाजिक बैंकिङलाई पहिलो प्राथमिकता मा राख्दै जश अन्तर्गत आधारभूत आवश्यकता शिक्षा र स्वास्थ्यका कार्यक्रमहरु प्राथमिकताका साथ सञ्चालन गरिरहेका छन् ।
ग्रामीण बैंकका १०१५७५९० जना सदस्यहरुबाट २ खर्व ३३ अर्व १६ लाख बचत संकलन गरि १ खर्व ४६ अर्व ७१ लख कर्जा लगानी भएको छ जसबाट संस्थाको आन्तिरिक श्रोतबाट नै पूँजी परिचालन भई लगानी पनि सुरक्षित देखिन्छ । बंगलादेशमा संस्थाबाट उपलव्ध कर्जाले भरपुर सदुपयोग गरि एउटै परिवारले वहुव्यवसाय माछापालन, तरकारी खेती र गाईपालन व्यवसायिकरुपमा सञ्चालन गरेर आम्दानी बढाई जीवनस्तर सुधारेको देखिन्छ ।
तहगतरुपमा चुस्त दुरुस्त निरिक्षण र सुपरिवेक्षण गरि कर्मचारी लाई विभिन्न तालिम, वृति विकासका अवशरहरु उपलव्ध गराई कर्मचारीको उत्पादकत्व बढाइएको छ ।
एक कर्मचारी एक विपन्नवर्ग कार्यक्रमले हरेक वर्ष गरिवी न्यूनीकरण गर्न मद्दत पुगेको छ ।
(यो आलेख September 2022 मा लेखक स्वयंमको बंगालादेशको लघुवित्त अध्ययन तथा अवलोकन भ्रमणबाट प्राप्त अनुभव र सिकाईमा केन्द्रित छ ।)
स्रोत-Banking khabar online बाट
Discussion about this post