सिरहा । सिरहाको मिर्चैयामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा एक युवकको मृ त्यु भएको छ। एकको अबस्था गम्भिर रहेको छ।
मिर्चैया नगरपालिका नपा ५ सस्था चौक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको स. ८ प ३४०५ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तर तर्फबाट आउदै गरेको प्र.२–०१ ००१ प १६८२ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिदा स. ८ प ३४०५ नम्बरको मोटरसाइकलमा सवार मिर्चैयानपा ६ का प्रमेश्वर साहको छोराका छोरा १९ सको जितेन्द्र साहको मृ त्यु भएको हो।
दुर्घटनामा परी टाउकोमा गम्भिर चोटलागेका उनलाई तत्काल मिर्चैयास्थित मंगलम हस्पिटल पुर्याएपनि डाक्टरले मृ त घोषणा गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।
सोही मोटरसाइकल पछाडी सवार स्थानीय लाल बाबु साहको छोरा करिव १६ वर्षिय सम्राट साहको घाटी र टाउकोमा गम्भिर चोट लागेको छ। उनलाई थप उपचारको लागिा विराटनगर पाठाइएको प्रहरीले जानकारी दिए।
त्यसैगरी, प्र.२–०१ ००१ प १६८२ नम्बरको मोटरसाइकलमा सवार सिरहाकै कल्याणपुर नपा ७ भोक्राहका राज कुमार साहकी श्रीमती ४२ वर्षिया अनिता देवी साह,र र्मिर्चेया १ की ४४ वर्षिया ललिता देवी महासेठ सहित तीन जना घाईत भएका छन्। उनीहरुको बस्था सामान्य रहेको छ। तीनैजनाको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीको भनाई छ। श व पोष्टमार्टमको लागि प्रदेशीक अस्पताल सिरहा लगिएको छ।

















Discussion about this post