nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

टिकटकमा चर्चित अंश वर्मा को हुन्? के उनले टिकटकबाटै कमाएर घर, होटल, गाडी किनेकै हुन ?

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २२, २०७९, ११:४४ बिहान
टिकटकमा चर्चित अंश वर्मा को हुन्? के उनले टिकटकबाटै कमाएर घर, होटल, गाडी किनेकै हुन ?

स्वेच्छा राउत/बीबीसी न्यूज नेपाली । बुवा अधिवक्ता, काका न्यायाधीश। अंश वर्मा आफू पनि कानुन व्यवसायी नै बन्ने योजनामा दृढ थिए। आफूले चाहेकै संस्थामा कानुन पढ्नका लागि उनले दुई वर्ष कुरेका थिए।

केही समयमै कोरोनाभाइरसको महामारी फैलियो। उनी काठमाण्डूबाट महेन्द्रनगरस्थित घर फर्किए। लकडाउनका कारण घरभित्रै थुनिएका उनले भिडिओ साझा गर्ने एप टिकटक चलाउन थाले।

त्यसपछि उनको अधिवक्ता बन्ने उद्देश्यको रफ्तार केही धिमा भयो। टिकटककै कारण उनले बीएएलएलबी पढ्नका लागि दुई वर्ष पर्खिएर भर्ना पाएको कलेज त्यागे।

नेपाली टिकटक प्रयोगकर्ताहरू माझ अंश अहिले निकै चर्चित छन्। उक्त एपमा उनलाई २० लाख प्रयोगकर्ताले पछ्याएका छन्। टिकटकमार्फत् नै यी २३ वर्षीय युवकले लाखाैँ कमाएका छन्।

अधिकांश समय टिकटकमार्फत् प्रत्यक्ष प्रसारणमा देखिने उनी आफू तीनदेखि चार घण्टा मात्र निदाउने गरेको सुनाउँछन्।

“म सबै थोक छोडेर टिकटकमा लाग्नुको कारण छ। मैले त्यहाँबाट आफ्नो मात्र होइन परिवारको पनि सपना पूरा गरिरहेको छु,” अंशले बीबीसीसँगको कुराकानीमा भने।

अंशले करिब दुई वर्षअघि समय कटाउन टिकटक अकाउन्ट खोलेका थिए। त्यति बेला उनलाई अभिनय गर्नमा रुचि थिएन। त्यसैले उनी सामाजिक सञ्जालहरूमा भेटिएका चुट्किला वा मिमहरूलाई भिडिओ बनाएर हाल्थे। लाइक र भ्यू त्यति आउँदैनथ्यो। त्यसैले फाट्टफुट्ट प्रत्यक्ष प्रसारण गर्थे।

त्यति बेला टिकटकमा लाइभ जाँदा गिफ्ट वा पैसा आउँदैनथ्यो। तर उनीसँग समय थियो। मानिसहरूले आफूलाई चिनुन् भन्ने चाहना थियो।“मान्छेले मलाई हेरून् भनेर लाइभ जान्थेँ। गफ गर्थेँ। सबैलाई जबाफ फर्काउँथेँ,” उनले सुरुवाती दिनका कुरा सुनाए।

“लाइभ जाँदा मैले के थाहा पाएँ भने- मानिसहरूलाई भावनात्मक कुराहरू मन पर्दो रहेछ।”त्यसपछि उनले कथामा आधारित एउटा भिडिओ बनाए। जसमा विवाह भएपछि परिवारले बिदा गरिरहेकी छोरी र उनका बुवाबीचको सम्बन्धलाई देखाइएको थियो। उक्त भिडिओ धेरै मानिसले रुचाए। त्यसपश्चात् आफूलाई पछ्याउनेहरूको सङ्ख्या बढ्दै गएको उनी सुनाउँछन्।

फलोअर्स बढ्दै जाँदा उनको प्रत्यक्ष प्रसारणमा जोडिनेहरू पनि बढे। उक्त दौरान उनी प्राय मान्छे हँसाउने तरिकाले बोल्थे। एकसाथ लाइभमा जोडिनेहरूलाई खेल खेलाउँथे।

केही समयमै टिकटकले लाइभ सञ्चालकहरूलाई सहभागीले उपहार दिन मिल्ने व्यवस्था गर्‍यो। त्यसपछि आफूलाई निकै महँगा उपहारहरू आएको अंश सम्झन्छन्।

“गिफ्ट त टन्नै आउँथ्यो तर त्यो भर्चुअल गिफ्ट के काम? म त फलोअर्स बढेकोमै दङ्ग थिएँ,” उनले भने।“एक दिन अस्ट्रेलियामा भएको साथीले त्यो गिफ्ट बराबरको पैसा निकाल्न मिल्छ भनेर सुनायो। त्यसपछि पो मैले आफ्नो खाता हेरेँ अनि छक्क परेँ।”

निश्चित सङ्ख्यामा फलोअर भएका प्रयोगकर्तालाई टिकटकले लाइभ गर्ने र गेम खेल्ने सुविधा दिएको छ। अन्य प्रयोगकर्ताले लाइभका बेला सञ्चालकलाई गिफ्ट दिन पाउँछन्। टिकटकमा पाएको गिफ्ट अन्ततः डलरमा रूपान्तरण गर्न मिल्छ।

त्यसरी प्राप्त रकमध्ये अंशले पहिलो चोटि २५,००० रुपैयाँ निकालेका थिए। पैसा लिएर दङ्ग पर्दै घर फर्किएका थिए। ठानेका थिए- छोराले कमाउँदा आमाबुवा खुसी हुन्छन्। तर, आफूलाई आमाले निकै गाली गरेको उनी बताउँछन्।

“यत्रो पैसा कहाँबाट ल्याइस् भन्दै कराउन थाल्नु भयो। छोराले चोरेर ल्यायो या कसैलाई लुट्यो कि भन्ने ठान्नुभएछ। उहाँ आत्तिनु भएको थियो,” उनले घटनाक्रमबारे बताए।

टिकटक खातामा जम्मा भएको पैसा ब्याङ्कमार्फत निकाल्न मिल्ने प्रक्रियाबारे बुझाएपछि आमा शान्त भएको उनी सम्झन्छन्।उक्त रकमले कलेजमा तिर्नु पर्ने शुल्क बुझाएको उनले सुनाए।

छुट्टीभरि चलाउन भनेर खोलेको टिकटक खातामा गिफ्ट आउने क्रम र आम्दानी हुने रकम बढ्दै गयो। पैसासँगै अंशले भिडिओ हाल्ने क्रम र लाइभ बस्ने समयावधि बढाउँदै लगे।

उनको ठट्यौली शैलीको जवाफ र लवजमाथि मानिसहरू हाँस्न थाले। त्यसैलाई मजाकको विषय बनाउन थाले। तर पनि उनी लाइभमा बस्न छोडेनन्।

उनको चर्चा चुलिँदै जाँदा सामाजिक सञ्जालमा चर्चित एउटा पेज पेज रुटिन अफ नेपाल बन्दले अंशले टिकटकमा लाइभ बसेर कमाएको पैसाले काठमाण्डूमा घर बनाएको जानकारी सार्वजनिक गर्‍यो। त्यसपछि आफूमाथि व्यङ्ग्य वा आलोचना गर्नेहरू थपिएको उनी सुनाउँछन्।

“मलाई त्यस्ता कुराले असर गरेन। धेरै मानिसले गाली गरे। तर कुनै पनि दिन कमेन्ट गर्नमा प्रतिबन्ध लगाइनँ। जसले गिज्याउँथे, उनीहरूकै नाम लिएर रमाइला कुरा गरिदिन्थेँ,” अंशले भने।

“कमेन्टमा रोक लगाउनु भनेको मेरो लाइभ वा भिडिओहरूमा कम अन्तर्क्रिया हुनु हो। अनि अन्तर्क्रिया कम हुनु भनेको गिफ्ट कम हुनु हो। गिफ्ट कम हुँदा पैसा कम हुन्थ्यो।”

हाल आफूले टिकटकमार्फत् दैनिक ९०० देखि १,००० डलरसम्म कमाई गरिरहेको उनको दाबी छ।मनोरञ्जन गरेर भइरहेको कमाइले गाडी किनेको, काठमाण्डूमा घर किनेको, महेन्द्रनगरमा होटल खोलेको र तिहार लगत्तै दुई वटा व्यवसाय सुरु गर्न लागेको उनले जिकिर गरे।

हाल महेन्द्रनगरमा स्थापित होटल उनकी आमा र कानुन व्यवसायबाट निवृत्त बुवाले चलाउँदै आएका छन्।टिकटक प्रयोगकर्ताहरूलाई मनोरञ्जन दिँदै आफ्ना योजनाहरू सोचे अनुरूप होस् भन्नका लागि उनी दैनिक १० देखि १२ घण्टा लाइभ बस्छन्।

चर्चा र कमाइबीच रुमलिँदाको असर उनको पढाइमा देखियो र पढाइ प्रभावित हुन पुग्यो। टिकटक लाइभमा समय दिन नभ्याएकै कारण उनले काठमाण्डू स्कुल अफ ल छोडे। जुन कलेजमा भर्ना हुन उनले प्लस टू पछाडिको दुई वर्ष पर्खिएका थिए।

र, हाल तुलनात्मक रूपमा कम समय दिनु पर्ने अर्को कानुन अध्यापन हुने कलेजमा भर्ना भएका छन्।“मैले मेरो ड्रिम कलेज छोड्नु पर्‍यो। खिन्न त लाग्छ। तर म आफ्नो उद्देश्यबारे प्रस्ट छु। म कानुन व्यवसायी नै बन्छु। त्यसअघि फरक स्रोतबाट आमदानी हुन्छ भने त्यसलाई किन रोक्ने?,” उनले भने। आफूले दीर्घकालीन परिस्थितिहरूबारे सोचेरै लाइभलाई निरन्तरता दिएको उनको कथन छ।

यसरी “जसरी पनि भाइरल हुन्छु” भन्ने सोच बोकेर सामाजिक सञ्जालमा सक्रिय बनेका अंश अहिले भन्छन् “सोसल मिडियामा चिनिनुभन्दा महत्त्वपूर्ण त्यसको सही उपयोग गर्नु हो।”

अंशको चिनिने हुटहुटी मेटिएको छ। आफ्नो सहरदेखि काठमाण्डूका मनोरञ्जनात्मक कार्यक्रमहरूमा उनलाई अतिथिका रूपमा बोलाइन्छ। केही म्यूजिक भिडिओमा समेत देखिएका उनीसँग बाटोमा भेटिने केही मानिस सेल्फी खिच्न चाहन्छन्।

समग्रमा उनको दैनिकी फेरिएको छ। पहिले फुर्सदमा टिकटक चलाउन थालेका उनी अहिले टिकटकबाट फुर्सद निकालेर अरू काम गर्छन्। यो सबै भइरहँदा उनी सक्रिय अर्को पाटो हो – सामाजिक कार्य।

महाकाली नदी छेउमा हुर्किएका उनले सानैदेखि बाढीको कहर देखे। बाढीका कारण सर्वस्व गुमाउनेहरूको पीडा देखे।“मान्छेहरू डाँको छोडेर रोएको देख्थेँ तर केही गर्न सक्दिनथेँ। किनकी दिनको लागि आफूसँग केही हुनु पर्दो रहेछ,” उनी केही गम्भीर सुनिए।

“अब मसँग छ। म दिन्छु। आफ्नो ठाउँको प्राय अनाथालयदेखि वृद्धाश्रममा सहयोग गरेको छु। केही मान्छेले ‘टिकटकबाट आएको पैसा त हो नि’ भन्नुहुन्छ। तर त्यो पैसाको लागि मैले आफ्नो समय, ऊर्जा, पढाइ धेरै कुरा दाउमा राखेको छु। यो सहज कमाइ होइन।”

टिकटकले आफूलाई नाम र दाम दिए पनि यो सबै दीर्घकालीन होइन भन्ने कुरामा आफू स्पष्ट रहेको अंश बताउँछन्। प्रविधिको विकाससँगै यस्ता सञ्जालहरू फेरिने भएकाले आफूले अहिले भोगिरहेको अवस्थालाई “अन्तिम सत्य नठानेको” उनको ठहर छ।

“टिकटक कहिलेसम्म रहला र? यो त आज छ भोलि छैन। मैले त भोलिका लागि पनि सोच्नु पर्ने भएर त व्यापार/व्यवसायमा लगानी गरेको छु। आफ्नो पढाइलाई निरन्तरता दिएको छु,” उनले भने।

“टिकटकको लाइभ पछाडि पनि आफ्नो जीवन छ। सोसल मिडियामा देखिएभन्दा फरक छ तर आनन्ददायी छ।”, केही गर्विलो र परिपक्व सुनिएर उनले कुराकानीको बिट मारे।

(अंश बर्माको गृहनगर पुगेर गरिएको कुराकानीका आधारमा बीबीसीले तयार पारेको रिपोर्ट)

Tags: रोचक विश्वसामाजिक संजाल

Discussion about this post

Related Posts

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!