सप्तरी/श्रावण २४ गते। सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज पोखरीमा दुबेर दुई जनाको मृ त्युु भएको छ ।
जिल्लाको छिन्नमस्ता गाउपालिका वडा नं.४ लालापटी स्थित डिहबार थानको पुर्व पट्टि रहेको पोखरीमा डुवेर एक बालकको मृ त्युको भएको छ ।
मृत्युु हुनेमा जिल्लाको झापा घैलाडुवा गाउपालिका वडा नं.६ घर भएका संजय पण्डितको दुई वर्ष छोरा दिप पण्डित रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सप्तरीको छिन्नमस्ता गाउपालिका वडा ४ लालपटी बस्ने हजुरबुवा देव नारायण पण्डितको घरमा उनी पहुना आएको थियोे ।
निज बालक खेल्ने क्रममा पोखरीमा चिपली घाईते भएपछि उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा भर्ना गरे पनि उपचारको क्रममा मृ त्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीको विष्णुपुर गाउपालिका. वडा नं. १ र ३ स्थित कट्टि मुसहरीमा रहेको सार्वजनिक पोखरीमा डुवेर एक जनाको समेत मृ त्युु भएको छ ।
मृ त्यु हुनेमा बिष्णुपुर गाउपालिका वडा नं ३ बस्ने ३५ वर्षको लल्कु भन्ने शिव शंकर सदा रहेको प्रहरीले जनाएको छ ।
उक्त पोखरीमा रहेको कमलको फुलको फल टिप्न जाने क्रममा उनी डुवेका थिए ।

















Discussion about this post