सप्तरी/श्रावण १९ गते । सप्तरीमा करेन्ट लागेर दुई जनाको मृ त्यु भएको छ । मृ त्यु हुने ससूरा र बुहारी हुन् ।
मृ त्यु हुनेमा जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर ६ बस्ने ४० बर्षीय सौदानन्द सरदार र सोही ठाउँकी २१ बर्षीया अन्जली सरदार रहेको प्रहरीले जनाएको छ । सौदानन्द काका ससूरा हुन् भने अन्जली बुहारी रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डीएसपी रामकुमार यादवले जानकारी दिए ।
पानी तान्ने मोटर जडान भएको ट्युववेलमा पानी लिन गएकी अन्जलीलाई करेन्ट लागेको थियो । उनलाई छुटाउन जाँदा सौदानन्दलाई पनि करेन्ट लागेको डीएसपी यादवले बताए ।करेन्ट लागेका दुबैको घट्नास्थलमै मृ त्यु भएको प्रहरीले जनाएको छ ।

















Discussion about this post